नागरिकता विद्येयक राष्ट्रपतिबाट प्रमाणिकरण हुने आशा छ : गृहमन्त्री खाँण – Nepal Press

नागरिकता विद्येयक राष्ट्रपतिबाट प्रमाणिकरण हुने आशा छ : गृहमन्त्री खाँण

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकले लाखौं अनागरिकलाई नागरिकताको सुविधा दिने हुँदा राष्ट्रपतिबाट यसको प्रमाणीकरण हुने विश्वास व्यक्त गरेका हुन् । संविधान बमोजिम नै राष्ट्रपतिले फिर्ता पठाएको विधेयकलाई पुनः आइतबार राष्ट्रपतिसमक्ष पेश गर्ने र राष्ट्रपतिबाट प्रमाणिकरण हुने अपेक्षा गरिएको गृहमन्त्री खाँणले बताए ।

शनिबार रुपन्देहीको भैरहवामा आयोजित सुनचाँदी व्यवसायीको कार्यक्रमलाई सम्बोधन गर्दै खाँणले संविधानको धारा ११ मा रहेको व्यवस्थालाई कार्यन्वयनमा ल्याउन नागरिकता बिधेयक ल्याएको जनाएका छन् ।

‘अहिले नेपाली नागरिक आमाबुवाका लाखौ सन्तान अनागरिक रहेको कारण आधारभूत आवश्यकता पनि पूरा गर्न नसकेको अवस्था छ, नेपाली नगारिकलाई नागरिकता दिनुपर्ने व्यवस्था संविधानले दिएको छ’, उनले भने, ‘तर अहिले पनि लाखौ नेपाली अनागरिक भएका छन, उनीहरु असहज जीवन जिउन बाध्य भएका छन् । उनीहरुलाई ध्यानमा राखेर यो विधेयक ल्याइएको हो । यो विधेयकले लाखौ युवाहरुमा देशप्रतिको राष्ट्रभाव बढ्नेछ ।’

गृहमन्त्री खाँणले उद्योगी व्यवसायीलाई सुरक्षाको प्रत्याभूति गराउनु राज्यको दायित्व भएको बताउँदै अहिले विभिन्न वस्तुको आयतमा सरकारले प्रतिबन्ध लगाए पनि सुन आयतमा कडाइ नगरेको बताए ।


प्रतिक्रिया

One thought on “नागरिकता विद्येयक राष्ट्रपतिबाट प्रमाणिकरण हुने आशा छ : गृहमन्त्री खाँण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर