लोकसेवाको उत्तरपुस्तिकामा संकेत गर्ने २१ परीक्षार्थी कारबाहीमा (सूचीसहित) – Nepal Press

लोकसेवाको उत्तरपुस्तिकामा संकेत गर्ने २१ परीक्षार्थी कारबाहीमा (सूचीसहित)

रुपन्देही । कर्णाली प्रदेश लोकसेवा आयोगले लिएको परीक्षाको उत्तरपुस्तिकामा परीक्षार्थीले नाम, रोलनम्बर र सम्पर्क नम्बर राखेर परीक्षकलाई प्रभावित पार्न खोजेपछि परीक्षा रद्द गरी उनीहरुलाई कारबाही गरेको छ ।

उत्तरपुस्तिकामा मोबाइल नम्बर लेख्नेलाई २ वर्ष परीक्षा दिन नपाउने गरी र नाम र रोल नम्बर लेख्ने अन्य २० जनालाई १ वर्ष परीक्षा दिन नपाउने गरी कारबाही  गरेकाे हाे।

आयोगको लिखित परीक्षा नतिजा शाखाले विज्ञापन नं। ५०३९५०६/०७८९७९ इन्जिनियरिङ सेवा, सिभिल समूह, एकीकृत उपसमूह, सहायकस्तर पाँचौं तह, सवइन्जिनियर पदको २०७९ जेठ २१ गते संचालित लिखित परीक्षामा सहभागी २१ जना परीक्षार्थीले यस्तो प्रयोग गरेकाले परीक्षा रद्द गरी कारबाहीको गरिएको जनाएको छ ।

शाखा अधिकृत कमलप्रसाद उपाध्यायले जारी गरेको सूचनामा प्रदेश लोक सेवा आयोग ऐन, २०७५ को दफा ६४ को १ ख बमोजिम आयोगले भदौ १८ गते उनीहरुलाई कारबाही गर्ने निर्णय गरेको उल्लेख छ ।

उनीहरुमध्ये उत्तरपुस्तिकामा मोबाइल नम्बर लेख्ने रोलनम्बर ३३९० सोरु १, मगुका राजेन्द्र शाही लाई दुई वर्ष आयोगको कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको छ भने भित्री पृष्ठमा नाम र रोलनम्बर लेख्ने अन्य २० जनालाई १ वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउनेगरी कारबाही गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर