एमालेबाट कँडेल प्रदेश सभामा सर्वसम्मत उम्मेदवार सिफारिस
सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश कमिटीका ईन्जार्च यामलाल काँडेललाई सर्वसम्मत एकल उम्मेदवार सिफारिस गरेको छ । एमालेको निर्वाचन क्षेत्र समन्वय कमिटीले सुर्खेत प्रदेश सभा क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्य उम्मेदवार सिफारिस गरेको हो ।
कँडेल २०७४ सालको निर्वाचनमा प्रदेश सभा सांसद हुन् । समन्वय कमिटीको बैठकले कँडेललाई सर्वसम्मत उम्मेद्वार सिफारिस गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिए ।
उनकाअनुसार अन्य निर्वाचन क्षेत्रका सांसद पदका उम्मेद्वार छनौटको प्रक्रिया जारी नै छ । यसअघि काँग्रेसले सुर्खेत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट सर्वसम्मत पार्टी उप–सभापति पूर्णबहादुर खड्का र २ बाट हृदयराम थानीसहित चार जनाको नाम सिफारिस गरेको थियो ।