दाङको ३ वटै क्षेत्रमा कांग्रेसबाट उम्मेदवार सिफारिस, खुमबहादुरका छोरा पनि परे – Nepal Press

दाङको ३ वटै क्षेत्रमा कांग्रेसबाट उम्मेदवार सिफारिस, खुमबहादुरका छोरा पनि परे

रुपन्देही । नेपाली कांग्रेसले दाङ १ बाट कांग्रेस नेता तथा पूर्वगृहमन्त्री स्वर्गीय खुमबहादुर खड्काका छोरा अनुरागलाई सिफारिस गरेको छ ।

कांग्रेस क्षेत्रीय समिति दाङले प्रत्यक्षतर्फ महाधिवेशन प्रतिनिधि खड्कासहित ४ जनाको नाम सिफारिस गरेको हो ।

सिफारिसमा परेकामध्ये केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरेको नाम एक नम्बरमा छ । अर्का केन्द्रीय सदस्य योगेन्द्र चौधरी र नेता प्रदीप थापाको नाम पनि सिफारिस भएको छ ।

यस्तै क्षेत्र नम्बर १ मै समानुपातिकतर्फ पूर्वसांसद सुशीला चौधरी, आत्माराम भट्टराई, खडकबहादुर सुनार, द्रोण भुसाल, गोविन्द रेग्मी, रामप्रसाद चौधरी र जमिर शाहको नाम छ ।

दाङ २ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि पूर्वसांसद तथा लुम्बिनी प्रदेशका उपाध्यक्ष राजु खनाल, पूर्वजिल्ला सभापति घनश्याम रेग्मी, नेता किरणकिशोर घिमिरे र भरतबहादुर न्यौपाने सिफारिस भएका छन् ।

समानुपातिकतर्फ विमला योगी, सपना बोहरा, पूर्वजिल्ला सभापति वीरकेशरी गौतम, नेता नदनकुमार शर्मा, हरि रजौरे, गोविन्द मजगैया, तेजबहादुर बिक र गणेशमान चौधरीको नाम सिफारिस गरिएको छ ।

दाङ ३ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीको नाम एक नम्बरमा सिफारिस भएको छ । त्यस्तै कमानसिंह डाँगी, यमप्रसाद पाण्डे, मदन रसिक, बिजुल विश्वकर्मा र राजेन्द्र धितालको नाम सिफारिस भएको छ ।

समानुपातिकतर्फ केन्द्रीय सदस्य गेहेन्द्र गिरी, पूर्वसांसद बुद्धिराम भण्डारी, पूर्व जिल्ला सभापति कीर्तिबहादुर खड्का, नेता घनश्याम श्रीपाली, चुर्णबहादुर चौधरी र महिलामा देवीका नेपालीको नाम सिफारिस भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर