चितवन २ बाट प्रत्यक्षमा ५ जनाको नाम सिफारिस, उमेश श्रेष्ठ तेस्रोमा – Nepal Press

चितवन २ बाट प्रत्यक्षमा ५ जनाको नाम सिफारिस, उमेश श्रेष्ठ तेस्रोमा

चितवन । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चितवन क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका ५ जना आकांक्षी देखिएका छन् । क्षेत्रीय समितिले प्रत्यक्षतर्फ ५ र समानुपातिकतर्फ ५ गरी १० जनाको नाम माथिल्लो तहमा सिफारिस गरेको छ । चितवन २ का कांग्रेस क्षेत्रीय सभापति भरत लामिछानेले गरेको सिफारिसको पहिलो नम्बरमा निवर्तमान जिल्ला सभापति जितनारायण श्रेष्ठ रहेका छन् ।

दोस्रो नम्बरमा जिल्ला सभापति राजेश्वर खनाल र तेस्रो नम्बरमा केन्द्रीय सदस्य एवं राज्यमन्त्री उमेश श्रेष्ठको नाम रहेको छ । चौथो नम्बरमा प्रकाश अधिकारी र पाँचौ नम्बरमा राजन कार्की रहेका छन् ।

समानुपातिकतर्फ केन्द्रीय सदस्य शान्ति परियारसहित गौरीकुमारी श्रेष्ठ, शालिग्राम शर्मा पौडेल, रामकुमार श्रेष्ठ र पवित्रा केसीको नाम सिफारिस गरिएको छ । सो क्षेत्रमा अघिल्लो निर्वाचनमा एमालेका कृष्णभक्त पोखरेल निर्वाचित भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर