चितवन-२ बाट माओवादी युवा नेता अधिकारी सिफारिस – Nepal Press

चितवन-२ बाट माओवादी युवा नेता अधिकारी सिफारिस

भरतपुर । माओवादी केन्द्रले चितवन निर्वाचन क्षेत्र नम्बर–२ बाट युवा नेता रामचन्द्र अधिकारी (आरसी) को नाम सिफारिस गरेको छ ।

माओवादी प्रदेश समिति बैठकले आइतबार अधिकारीको एकल नाम सिफारिस गरेको हो । अधिकारी चितवन जिल्ला संयोजक हुन् ।

यस्तै, चितवन– २ को प्रदेशसभा (क) मा घनश्याम दाहाल र रामध्वज डल्लाकोटी तथा प्रदेश (ख) मा निशा न्यौपाने र यदुमणि कँडेलको नाम सिफारिस गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर