रूपन्देही ३ बाट गृहमन्त्री खाँणको एकल नाम प्रस्ताव – Nepal Press

रूपन्देही ३ बाट गृहमन्त्री खाँणको एकल नाम प्रस्ताव

रूपन्देही । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि गृहमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणको एकल नाम सिफारिस गरेको छ ।

कांग्रेस क्षेत्रीय नम्बर ३, क्षेत्रीय समितिको आइतबार भैरहवामा बसेको नवौं नियमित बैठकले गृहमन्त्री खाँणको नाम सर्वसम्मत उम्मेदवारका रुपमा सिफारिस गरेको क्षेत्रीय सभापति सुशिल गुरुङले बताए ।

खाँणको नाम यसअघि क्षेत्र नम्बर २ बाट पनि सिफारिस भइसकेको छ । अघिल्लोपटक समानुपातिकमा बसेका खाँण अहिले क्षेत्र नं ३ बाट लड्नेगरी पूर्वतयारी गरेका छन् । यसअघि क्षेत्र नं ४ मा प्रमोद यादव र ५ मा भरत शाहको नाम एकल रूपमै संघका लागि प्रस्तावित भइसकेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर