कैलाली ४ बाट एमाले सचिव भट्टको नाम एकल सिफारिस
कैलाली । कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभाका लागि नेकपा एमालेका केन्द्रीय सचिव एवं पूर्वमन्त्री लेखराज भट्टको सर्वसम्मत एकल सिफारिस भएको छ ।
एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर ४ कैलालीको आइतबार भएको बैठकले संघीय निर्वाचनको लागि भट्टको एकल नाम सिफारिस गरेको हो ।
अघिल्लो पटक भट्टले कांग्रेस उम्मेदवार सुनिल भण्डारीलाई १० हजार ३९९ मतान्तरले हराएका थिए । माओवादी केन्द्रका नेता भट्टले ३१ हजार ३५९ मत पाउँदा प्रतिद्वन्द्वी भण्डारीले २० हजार ९६० मत पाएका थिए ।
एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टीलाई अदालतले फुटाइदिएपछि माओवादी नेता भट्ट एमालेमै रहेका थिए । अहिले उनी एमाले केन्द्रीय सचिव एवं प्रदेश इन्चार्ज छन् ।