कांग्रेस मधेसका सभापति यादव प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा सिफारिस – Nepal Press

कांग्रेस मधेसका सभापति यादव प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा सिफारिस

जनकपुरधाम । नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादव प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा उम्मेदवार सिफारिस भएका छन् ।

सभापति यादवलाई नेपाली काँग्रेस क्षेत्रीय समितिले रौतहट क्षेत्र नम्बर १ र क्षेत्र नम्बर १ कै ‘ख’बाट उम्मेदवार सिफारिस गरेको हो । कांग्रेस नेता नितेशकुमार गुप्ताले यादव संघ र प्रदेश दुवैमा सिफारिस भएको पुष्टि गरे ।

०७४ मा यादव क्षेत्र नम्बर १ बाटै चुनाव लडेका थिए । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)का अनिल झा २१ हजार ४७२ मत ल्याएर निर्वाचित हुँदा काग्रेसका यादवले १५ हजार ८७४ मत पाएका थिए ।

प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा सिफारिस गर्दा गठबन्धन भएपनि कुनै एक तहमा उम्मेदवार हुनेगरी यादव सिफारिस गराएको देखिन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर