गुल्मीमा प्रदीप ज्ञवाली सर्वसम्मत, गोकर्ण विष्टको क्षेत्रमा तीन जना सिफारिस – Nepal Press

गुल्मीमा प्रदीप ज्ञवाली सर्वसम्मत, गोकर्ण विष्टको क्षेत्रमा तीन जना सिफारिस

रुपन्देही । नेकपा एमालेको दुई पदाधिकारी रहेका गुल्मीका प्रदीप ज्ञवाली क्षेत्र नं १ मा एकल सिफारिसमा पर्दा क्षेत्र नं २ बाट गोकर्ण विष्टको स्थानमा तीन जनाको सिफारिस भएको छ ।

केन्द्रीय उपमहासचिव रहेका सांसद ज्ञवालीलाई पुनः सोही क्षेत्रमा उम्मेदवार बनाउने निर्णय सर्वसम्मत भएको हो ।

गुल्मीको रिडीमा सम्पन्न नेकपा एमाले निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले नेता ज्ञवालीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले छत्रकोटका सचिव यज्ञ पाण्डेले जानकारी दिए । बैठक बसिरहेको र प्रदेश उम्मेदवारको विषयमा छलफल भैरहेको पाण्डेले जानकारी दिए ।

क्षेत्र नम्बर २ मा भने पार्टी सचिव गोकर्णराज बिष्टका साथै प्रदेश कमिटी सदस्य राजेन्द्र अर्याल र शेषकान्त गौतमसहित तीन जना सिफारिस भएका छन् ।

क्षेत्र नम्बर २ को क प्रदेश सदस्य उमेदवारमा पार्टी सचिव गणेश श्रीपाली, रेसुङगा नगरपालिकाका पूर्वमेयर डिल्लिराज भुसाल, र मुसिकोटका पूर्वमेयर सोमनाथ सापकोटा, पूर्वउपमेयर सिता भण्डारी , मुसिकोट नगरकमिटी अध्यक्ष प्रकाश काफ्ले सिफारिस भएका छन् ।

प्रदेश ख मा केन्द्रीय सदस्य, दिनेश पन्थी, अन्य नेताहरुमा जमुना पन्थी, सन्तोष लम्साल, खिमान्नद भण्डारी, लोकबहादुर खत्री र नारायण पोखरेल सिफारिसमा परेका नकपा एमाले गुल्मीले जनाएको छ ।

यहाँबाट नेपाली कांग्रेसले क्षेत्र नं १ मा चन्द्र भण्डारी, युवराज कँडेल, चन्द्र केसी, पारिश्वर ढकाल र २ बाट चन्द्र केसी, त्रैलोक्यप्रताप सेन, दामोदर भुसाल सिफारिस भएका छन् । दुवै क्षेत्रमा सिफारिस हुने केसी पार्टीको केन्द्रीय सदस्य हुन् । गठबन्धनमा २ नं क्षेत्रबाट नेकपा एसका सचिव रामकुमारी झाँक्रीको मुख्य दाबी रहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर