एमालेबाट कैलाली १ संघका लागि तीन जना र प्रदेश सभामा सात सिफारिस
कैलाली । नेकपा एमालेले कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा तीन जनाको नाम सिफारिस गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको लागि यहाँबाट प्रतिनिधि सभातर्फ तीन र प्रदेश सभा तर्फ ७ जनाको नाम जिल्लामा सिफारिस गरिएको हो । प्रतिनिधि सभातर्फ सिफारिस हुनेमा सम थापा, तपेन्द्र रावल र शिलु खतिवडा (स्वार) रहेका छन् ।
त्यस्तै, प्रदेश (क) मा प्रेम चौधरी, रवीन्द्र, भावना बिक, डिल्ली राज जोशी र भोजराज शर्मा तथा प्रदेश (ख) मा द्वारिका न्यौपाने, दीपक रावल र भावना रतन रहेका छन् ।
अघिल्लो पटक यहाँबाट राजपाका उम्मेदवार रेशम चौधरीले र वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूलाई झन्डै २१ हजारको फराकिलो अन्तरले हराएका थिए ।