‘प्रेमगीत ३’ को हिन्दी गीत ट्रेन्डिङमा – Nepal Press

‘प्रेमगीत ३’ को हिन्दी गीत ट्रेन्डिङमा

काठमाडौं । असोज ७ देखि नेपाल र भारतका हलहरूमा एकसाथ रिलिज हुन लागेको चलचित्र ‘प्रेमगीत ३’ को हिन्दीमा डब भएको ‘कोही ना कोही नाता हे मेरा तुज्से’ बोलको गीत ट्रेन्डिङ नम्बर १ मा परेको छ ।

८६.६ मिलियन फलोअर्स भएको युटयूब च्यानल ‘जी म्युजिक कम्पनी’ बाट सार्वजनिक गरिएको उक्त भिडिओलाई ५० लाखभन्दा बढीले हेरेका छन् ।

उक्त गीतमा बलिउड गायक जुबिन नौटियालले स्वर दिएका छन् । भिडिओमा नायक प्रदीप खड्का र नवनायिका क्रिस्टिना गुरुङ फिचर्ड छन् । रुबी फुलारा र सुभाष कालेको शब्द रहेको गीतमा संगीतकार पवनदीप राजनले संगीत भरेका हुन् ।

चलचित्र हिन्दी भाषामा पनि रिलिज हुने भएकाले ‘प्रेमगीत ३’ ले सुरुवाति दिनदेखि चर्चा पाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *