हिरासतमा रवि लामिछानेसँग शेरजंगले भने: आवाज अलि ठूलो भयो होला, तर आफ्नो ड्यूटी गर्नैपर्‍याे – Nepal Press

हिरासतमा रवि लामिछानेसँग शेरजंगले भने: आवाज अलि ठूलो भयो होला, तर आफ्नो ड्यूटी गर्नैपर्‍याे

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई लाइनमा बस्न लगाउँदा उत्पन्न विवादपछि पक्राउ परेका सुरक्षा गार्ड शेरजंग गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भेटेका छन् । उनले प्रहरी हिरासतमै पुगेर गुरुङलाई भेटेका हुन् ।

भेटघाटको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्दै रविले गुरुङलाई धन्यवाद दिन आएको बताएका छन् । कानून सबैलाई बराबर हुनुपर्ने उनको भनाइ छ ।

सो भेटमा शेरजंगको भनाइ उद्धृत गर्दै रविले लेखेका छन्, ‘गुरुङको छोरो, आवाज अलि ठूलो भयो होला, तर मैले कुनै दुर्व्यवहार गरेको छैन ।’

उनले आफूले मन्त्री भनेर नचिनेको पनि बताएका थिए ।

‘मन्त्री भन्ने मलाई थाहा पनि भएन । थाहा भए पनि ड्युटी त गर्नैपर्‍यो’, गुरुङले भने ।

रविले गुरुङलाई थुनाबाट ससम्मान रिहा गर्न माग गरेका छन् ।

‘उहाँलाई दण्डित होइन पुरस्कृत गरियोस् । नियम मिचेर लाइन नबस्ने मन्त्रीलाई चाहिँ कानून नमानेको अभियोगमा अनुसन्धान गरियोस्’, उनले भनेका छन् ।


प्रतिक्रिया

5 thoughts on “हिरासतमा रवि लामिछानेसँग शेरजंगले भने: आवाज अलि ठूलो भयो होला, तर आफ्नो ड्यूटी गर्नैपर्‍याे

  1. ठिक कुरा ! अविलम्ब शेरजङ्ग गुरुङ्लाइ रिहा गर। हरेक नागरिकको मुल्य नबुझ्ने लोकतन्त्र के को लोकतन्त्र? अनि मन्त्री बनेर नागरिकमाथी धाक जमाउने कथित मन्त्री र उनको पार्टीलाई यसपालीको निर्वाचनमा धुलो चटाऔ !

    1. अझै भुइफुट्टाहरु मन्त्री भएपछी यस्तै हो !

  2. लाईनमा नबसि अगाडी जान लागेकाे देखेको अवस्थामा जस्को मनमा पनि नकारात्मक भावना त उत्पन्न हुन्छ ।ठूला बडा लाईनमा नबसे पनि हुन्छ भन्ने नियम भएमा बेग्लै कुरा हो।

  3. Je gareu Gurung ko xora le gareu hami jasta bhui manxe ko kura ani Matri jiu bhanera teska chamche haru le front ma rakhidiye holla Duty ta garnu pariyo Ghantao lagayera line ma ubhine aru bhui Manxe ni hollan rules is rules Bhrasta Neta haru lai garnai parxa ….!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर