‘ब्याक डेट’ मा अमरेशलाई कारबाहीको पत्र थमाउँदै सर्लाही ४ बाट गगन थापा सिफारिस – Nepal Press

‘ब्याक डेट’ मा अमरेशलाई कारबाहीको पत्र थमाउँदै सर्लाही ४ बाट गगन थापा सिफारिस

जनकपुरधाम । नेपाली कांग्रेसका सांसद डा. अमरेश सिंह निलम्बनमा परेका छन् । सिंहलाई निलम्बन गर्दै उनी निर्वाचित सर्लाही क्षेत्र नम्बर ४ बाट कांग्रेसले गगन थापालाई उम्मेदवार सिफारिस गरिएको छ ।

आसन्न निर्वाचनका लागि क्षेत्रीय कमिटीले पार्टीका महामन्त्री समेत रहेका थापाको एकल नाम सिफारिस गरेको छ । डा. सिंह ७४ मा झण्डै १३ हजार मतान्तरले प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

थापालाई उम्मेदवार सिफारिस गरेलगत्तै नेपाली कांग्रेस सर्लाहीले सांसद सिंहलाई निलम्बन गरेको पत्र सार्वजनिक गरेको छ । सांसद डा. सिंहलाई जिल्ला अनुशासन समितिले कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३४ को उपधारा ४ को ख बमोजिम ०७९ असार २ गते निलम्बन गरेको पत्रमा उल्लेख छ ।

जिल्ला अनुगमन समितिका संयोजक डा. सरोजकुमारले सिंहलाई निलम्बन गरेको पत्र पार्टीको मधेस प्रदेश कार्य समिति र अनुशासन समितिको नाममा काटिएको छ । उक्त पत्रमा डा. सिंहले पार्टीका आधिकारिक उम्मेदवारहरूलाई स्थानीय तह निर्वाचनमा अन्तर्घात/असहयोग गरेको आरोप लगाएको छ ।

डा. सिंह शेखर कोइराला पक्षका हुन् । अहिले प्रदेशदेखि क्षेत्रसम्म पार्टी सभापति शेरबहादुर देउवा समूहका नेताको बाहुल्यता छ । देउवा समूहले डा. सिंहलाई पाखा लगाउने गरी महामन्त्री गगन थापालाई सिफारिस गरेको भन्दै पार्टीभित्रै आलोचना बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर