टुरिस्ट उम्मेदवारलाई प्राथमिकता नदिने लुम्बिनी कांग्रेसको निर्णय – Nepal Press

टुरिस्ट उम्मेदवारलाई प्राथमिकता नदिने लुम्बिनी कांग्रेसको निर्णय

रुपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले एक निर्वाचन क्षेत्रको व्यक्तिलाई अर्को निर्वाचन क्षेत्रमा नपठाउन आग्रह गरेका छन् ।

केन्द्रमा प्रभाव रहेका नेताहरु आफ्नो क्षेत्रभन्दा बाहिरबाट सिफारिस भइरहेको समयमा सभापति पुनले उम्मेदवारले जुन क्षेत्रमा मेहनेत, क्रियाशील र सक्रिय छ सोही क्षेत्रमा उम्मेदवार बनाउन प्रस्तावलाई ध्यान दिइने बताएका छन् ।

सोमबार पार्टी प्रदेश समिति बैठकमा उनले पार्टीको मत मात्र नभई अन्य पार्टीबाट पनि मत प्राप्त गर्न सक्ने लोकप्रिय व्यक्तिलाई प्रथामिकताका साथ उम्मेदवार सिफारिस गरिने र उम्मेदवार छनोटमा पद्धति र स्थानीय कार्यकर्ताको भावना र मागबमोजिम गरिने बताए ।

निर्वाचनपछि कांग्रेसले बहुमतसहित लुम्बिनी प्रदेश सरकार निर्माण गर्ने र कांग्रेसकै नेतृत्वमा प्रदेशको विकास हुने बताउँदै उनले सक्षम, लोकप्रिय र सक्रिय युवालाई उम्मेदवार बनाइने धारणा राखेका छन् ।

सोमबारको बैठकले तहगत सिफारिस भई आएका उम्मेदारहरूको नामावली प्रदेश समितिको सुझावसहित केन्द्रिय समितिमा पठाउने, २६ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ५२ प्रदेश सभा निर्वाचन क्षेत्रमा आफ्नो नेतृत्वमा गठबन्धन दलले २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा प्राप्त मतभार तथा पार्टीको संगठनिक स्थितिलाई मुल्यांकन गरेर निर्वाचन क्षेत्र बाँडफाँट गरी सोही क्षेत्रका उम्मेदारलाई प्राथमिकता दिने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर