असन-इन्द्रचोकमा अवैध संरचना हटाउँदै महानगर (तस्बिरहरू/भिडिओ)
२०७९ भदौ २१ गते १२:५०
काठमाडौं । काठमाडौं महानगरले असन, इन्द्रचोक र भेडासिं क्षेत्रमा अवैधरूपमा राखिएका पसल र संरचना हटाउन सुरू गरेको छ ।
महानगरले त्यहाँ रहेका मन्दिर र आसपासका क्षेत्रमा नियमविपरीत खुलेका पसल हटाउन २४ घण्टाको अल्टिमेटम दिएको थियो ।
नगर प्रहरीको टोलीले अहिले पसलहरू धमाधम हटाइरहेका छन् । जथाभावी दोकान थापेर सम्पदा तथा ऐतिहासिक क्षेत्रको सौन्दर्य बिग्रेको, साथै पर्यटन क्षेत्रमा असर परेको भन्दै महानगरले पसल र अवैध संरचना हटाउन सुरू गरेको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर