एमालेको आरोप- परमादेश लेखाउनेहरू मंसिर ४ पछि दुईखाले सांसद खडा गर्न खोज्दैछन् – Nepal Press

एमालेको आरोप- परमादेश लेखाउनेहरू मंसिर ४ पछि दुईखाले सांसद खडा गर्न खोज्दैछन्

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले मंसिर ४ गतेपछि दुई खाले सांसद खडा गर्न सरकारले हतार-हतार कानूनमै संशोधन गर्न खोजेको आरोप लगाएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर एमालेका प्रमुख सचेतक विशाल भट्टराईले कानूनबाट सांसदको कार्यकाल लम्ब्याउने प्रयास एमालेलाई मान्य नहुने बताए ।

भट्टराईले भने, ‘अहिलेको सत्ता गठबन्धनले परमादेशबाट सरकार पाउने बेला पाँच वर्षभन्दा एक दिनअघि पनि संसद विघटन हुँदैन भन्ने फैसला लेखाएका कारण मंसिर ५ गतेपछि पनि यही संसद लम्ब्याउन खोजेको देखिन्छ । तर, एमालेका लागि यो मान्य हुने छैन ।’

भट्टराईले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको मनोनयन हुनुभन्दा अघिल्लो दिनबाट यो संसदको कार्यकाल समाप्त हुनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर