कमिसनको खेलमा सरकारले नयाँ एक्सचेन्जको लाइसेन्स दिन लाग्यो: सांसद दाहाल
काठमाडौं । नेकपा एमालेका सांसद कृष्ण प्रसाद दाहालले सरकारले कमिसनको खेलमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन लागेको बताएका छन् ।
मंगलबार भएको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद दाहालले भएको स्टक एक्सचेन्जलाई सक्षम नबनाई किन नयाँ ल्याउन लागेको भन्दै सरकारसँग जवाफ माग गरेका छन् ।
‘अहिले भइरहेको स्टक एक्सचेन्ज सक्षम बनाउनुपर्ने ठाउँमा सरकारले कमिसनको खेलमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन लागेको छ’, उनले भने, ‘नयाँ स्टक एक्सचेन्जले पूँजी बजारको विकास र उन्नतिमा बाधा पुर्याउँछ । हाल भएको स्टक एक्सचेन्जलाई सक्षम र सुदृद बनाउन आधुनिकीकरण गरिनुपर्छ ।’
सांसद दाहालले नयाँ स्टक एक्सचेन्जको आवश्यकता नभएको र नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया रोक्नसमेत माग गरे ।