कर उठाउन महानगर भयो सक्रिय, यी १७ निकायलाई पठाइयो पत्र – Nepal Press

कर उठाउन महानगर भयो सक्रिय, यी १७ निकायलाई पठाइयो पत्र

काठमाडौं । काठमाडौं महानगरपालिका सम्पत्ति कर उठान सक्रिय देखिएको छ ।

अहिले महानगरले खाद्य संस्थान, राष्ट्रिय नाचघर, कर्मचारी सञ्चय कोष, नेपाल विद्युत् प्राधिकरण, मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल लगायतसँग कर बुझाउन पत्राचार गरेको हो ।

यस्तै महानगरले ह्वाईड फिल स्कुल, रञ्जना ट्रेड सेण्टर, साझा भण्डार, चेम्बर अफ कमर्स, नेशनल ट्रेडिङ लिमिटेड, नेपाली जामे मस्जिद, कृषि सामाग्री संस्थानलाई पनि सम्पत्ति कर बुझाउन भनेको छ ।

यस्तै आरबी कम्प्लेक्स, काठमाडौं प्लाजा, नेपाल सेयर मार्केट, सिविक हस्पिटल र डेण्टल कलेजलाई कर बुझाउन पत्र काटिएको छ ।

पत्र प्राप्त भएको मितिले बढीमा १० दिनभित्र वडा कार्यालयमा नियमानुसारको कर र सो को जरिवाना पनि बुझाउन भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर