महासचिव चयनमा ‘नोट अफ डिसेन्ट’ जनाएका जनार्दनले गरे उपमहासचिव पद अश्वीकार (भिडिओ) – Nepal Press

महासचिव चयनमा ‘नोट अफ डिसेन्ट’ जनाएका जनार्दनले गरे उपमहासचिव पद अश्वीकार (भिडिओ)

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेकपा (माओवादी केन्द्र) को उपमहासचिव पद अश्वीकार गरेका छन् । देव गुरुङलाई महासचिव बनाउने निर्णयमा असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ दर्ज गरेका शर्माले बुधबार अध्यक्ष प्रचण्ड उपस्थित कार्यक्रममै आफू उपमहासचिव नभई संगठन विभाग प्रमुखको रूपमा बोल्न उभिएका बताए ।

अनेरास्ववियू क्रान्तिकारीको ‘क्रान्तिकारी फोर्स’ घोषणा कार्यक्रमका सञ्चालक महासचिव दिपेश पुनले शर्मालाई पार्टी उपमहासचिवको रूपमा सम्बोधनका लागि निम्त्याएका थिए । तर, उनले छैटौं उपमहासचिवको प्रसंग निकाल्दै आफू संगठन विभाग प्रमुखको रुपमा बोल्न उभिएको बताए ।

महासचिव चयनमा असहमति जनाएका शर्माले उपमहासचिव पद अश्वीकार गर्ने भने पनि सार्वजनिक रुपमा उनले बुधवार सो घोषणा गरेका हुन् । उनले नीति र नेतृत्वको रक्षाका लागि आफू सधैँ लागिपरेको भन्दै अहिले पनि नीति र नेतृत्व सही ढंगले अघि बढ्नुपर्ने बताए ।

शर्माले भने, ‘नीति र नेतृत्व सही ढंगले चल्नुपर्छ भन्ने मान्छे हुँ म । अध्यक्ष कमरेडयको कडा आलोचक मै हुँ र रक्षा गर्ने पनि मै हुँ । म उहाँको कडा आलोचना गर्छु तर रक्षा पनि मैले गर्छु । आलोचनाले नेतृत्वको रक्षा हुन्छ, चाकडी हुँदैन, लाइनले हुँदैन ।’

उनले अखिल क्रान्तिकारीभित्र समानान्तर कमिटी बनाउने समूहप्रति समेत आलोचना व्यक्त गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *