ओलीको प्रस्ताव- जन्मसिद्धका नागरिकलाई वंशजको नागरिकता दिइहालौँ, तत्काल अर्को विधेयक ल्याऊ – Nepal Press

ओलीको प्रस्ताव- जन्मसिद्धका नागरिकलाई वंशजको नागरिकता दिइहालौँ, तत्काल अर्को विधेयक ल्याऊ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जन्मसिद्ध नागरिकका सन्तानलाई तत्काल वंशजको नागरिकता दिनुपर्ने माग गरेका छन् । यसका लागि अर्को विधेयक तत्काल संसद‍्मा ल्याएर पारित गर्न उनले प्रस्ताव गरे ।

आज एक कार्यक्रममा बोल्दै ओलीले सरकारले अर्को विधेयक ल्याए एक हप्ताभित्र पास गर्न सकिने उल्लेख गरे ।

‘अरू कुरा हटाएर यसलाई मात्रै सम्बोधन गरौँ । दुई वाक्य ल्याए पुग्छ । एक हप्ता पछाडिदेखि नागरिकता खुला । त्यो गर्न सकिन्छ,’ उनले भने ।

यदि सरकारले त्यस्तो विधेयक नल्याए आफ्नो पार्टीले ल्याउन पनि तयार रहेको उनले बताए ।

‘तपाईँहरू ल्याउनुहुन्न भने प्रतिपक्षले ल्याउँछ, निजी विधेयकको रूपमा । तपाईँहरूले सहयोग गर्नुस् । एक हप्ताभित्र पारित गरौँ । यो समस्या समाधान गर्न म चुनौती दिन चाहन्छु । यत्रो युवाहरू तड्पिरहेका छन् । खेलको विषय नबनाउनुस् ।’

उनले सरकारको विधेयकमा अरू विवादास्पद कुराहरू घुसाएर असफल बनाउन खोजिएको आरोप लगाए । राष्ट्रपतिले पठाएको सन्देशलाई उपेक्षा गरेकोमा पनि उनले गठबन्धनको आलोचना गरेका छन् ।


प्रतिक्रिया

3 thoughts on “ओलीको प्रस्ताव- जन्मसिद्धका नागरिकलाई वंशजको नागरिकता दिइहालौँ, तत्काल अर्को विधेयक ल्याऊ

  1. ओली ज्यू हरेक कुरालाई आफ्नो ब्रान्डिङ् बनाउनु भन्दा माथि सोच्दिनु परो,अहिलेको विधेयक मा के फरक छ र हिजोको अध्यादेश लाई दाज्ने हो भने अनि नयाँ विधेयक ल्याएर पास गर्नु
    भन्दा यही विधेयक पास गरे के जाँच,m???

  2. Oli jee je gare pani nagarikta bihin lai nagarikata chhito dilaidinus .yuwa hari ko mirtu ko sawal bhaisakechha.rajniti ra vote bank banaun chhad dinus sir..please

  3. Ahile manxe kamtima 60-65 barsa samm bachirahexaa .Ahile 30 years bhayo ani aab budho bhaye paxi nagarikta liyer k kaam sir .life ko sawal chha sir plz ..

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर