एक राजनीतिक पर्यटकले जिरी नियाल्दा
जिरीको कुइनेटो पूर्वी कुथाने पहाड पुग्दा पाँचपोखरीको चिसो हावाले निम्ता गर्यो । त्यो सुन्दर पहाडबाट हेर्दा जिरीको लिंकन बजार छेलिसकेको थियो । यिनै पहाडहरुले जिरीलाई अंगालो हालेर सानो उपत्यकामा बाँधेको छ ।
करिब ४६ सय मिटर उचाइको पाँचपोखरी प्राकृतिक र धार्मिक दृष्टिले चर्चित छ । यतैबाट कैयौं मानिसहरु उकाली र ओराली हिँड्दै त्यो सुन्दर पहाड पुग्छन् । जिरी सर्वोच्च शिखर सगरमाथा र पाँचपोखरीको प्रवेशद्वार पनि हो ।
जिरीलाई ‘जुरीच’ले पनि चिनिन्छ । जुरीच स्वीस नागरिक टोनी हागनले जुराएको नाम हो । राणाशासनको अस्त र प्रजातन्त्र उदयपछि स्वीट्जरल्याण्ड सरकारले जिरीको विकास सुरु गर्यो । जिरी आइपुगेका हागनकै अग्रसरतामा स्वीस सरकारले वि. सं. २०१४ देखि बहुउद्देश्यीय कार्यक्रम थाल्यो । स्वीस नागरिकको कल्पनाको जुरीचलाई जिरी नगरपालिकाले पर्यटकीय गन्तव्यका रुपमा अघि सारेको छ ।
हामीले जिरी लिंकनलाई छाडेर धूले तर ढुङ्गा ओछ्याइएका फराकिला सडक पक्रियौं । सजिलो गरी गाडीका टायरले उकालो यात्रा सक्यो । कुथानेबाट खस्रु, सल्लाका पोथ्रा र भुईंफूलहरु छिचोल्दै ओरोलो घुम्ती यात्रा सुरु भयो । ओरालो गुड्दै गर्दा यलुङ बस्ती देखियो । यलुङ र पुम्पाको थाप्लामा रहेको पाँचपोखरीले हामीलाई चियाइरहेको झैं लाग्यो ।
जिरी आइपुगेका हागनकै अग्रसरतामा स्वीस सरकारले वि. सं. २०१४ देखि बहुउद्देश्यीय कार्यक्रम थाल्यो । स्वीस नागरिकको कल्पनाको जुरीचलाई जिरी नगरपालिकाले पर्यटकीय गन्तव्यका रुपमा अघि सारेको छ ।
यसपटक हामी पाँचपोखरीको यात्रामा थिएनौं । राजनीतिक कार्यक्रमको दौरानमा थियौं । पाँचपोखरीमा डुबुल्की मार्ने चाहना अधूरै राखेर हामी माली र श्यामाका बस्तीतिर छिर्यौं ।
अघि बढ्दै जाँदा मनमोहक यलुङ बस्तीले हामीलाई स्वागत गर्यो । जिरी नगरका उपमेयर कृष्णमाया बुढाथोकीले गाडीभित्रैबाट यलुङ र गुम्बाबारे जानकारी दिइन् । मेयर मित्र जिरेल, जिरी एमाले पार्टी अध्यक्ष केशव कार्कीसहित हामीले यलुङ गुम्बालाई पवित्र प्रशंसा गर्यौं ।
दुई साना ठाडा खोलाहरुले अंगालो हालेको यलुङ बस्ती आलु उत्पादनमा अब्बल छ । आलु खेतीबाट आएको कमाइले कैयौं परिवारको गुजारा चल्छ । उच्च पहाडको आलु निकै स्वादिष्ट हुन्छ । यात्राको क्रममा उसिनेको आलुलाई अकबरे खुर्सानीमा चोपेर खायौं । साथै चौरीको मही अघाउजी पियौं । यहाँबाट पहाड उक्लँदै जाँदा हिमाली याक र चौरीहरुसँग साक्षात्कार हुन्छ । चौरीपालनको आयस्ता पनि केही परिवारको आम्दानीको स्रोत हुन्छ ।
ध्यान र धर्मका लागि अति नै व्यवस्थित गुम्बालाई दाहिने फेरो मारेर हामी श्यामातिर लाग्यौं । आँखाले मात्र गुम्बालाई चुम्बन गर्न सकियो । नेकपा एमालेले सञ्चालन गरिरहेको शुद्धीकरण तथा सुदृढीकरण अभियानको दौडाहामा रहेकाले हाम्रो ध्यान अन्त गएन । विद्यार्थी राजनीतिमा सक्रिय हुँदा पैदलै यस भेग चहारेको थिएँ । पत्रकारितामा सक्रिय रहँदा पनि द्वन्द्वकालमा यस भेग घुमेको थिएँ । एमाले दोलखाको जिल्ला उपाध्यक्ष भएपछि भने पहिलोपटक प्रत्यक्ष राजनीतिक पर्यटकको भूमिकामा पुगेँ । तर, भेगभूगोल कुनै नौलो थिएन ।
अहिले नेकपा एमाले संगठन शुद्धीकरण अभियानमा छ, सुदृढीकरण गर्दै पार्टीलाई मजबुत बनाउने अभयिानमा छ । स्थानीय निर्वाचनमा भोगेको पराजयको वस्तुगत कारणहरुको खोजीमा छ । जनादेश हुँदाहुँदै सरकारबाट बहिर्गमन हुनुपरेको पीडामा छ । राजनीतिक दलहरुको गठबन्धनले एमाले निर्वाचनको माध्यमबाट शक्तिहीन बनाउने षड्यन्त्र कायमै छ । यी अनेक समस्यालाई जराबाटै समाधान गर्न एमालेले ग्रामीण भेगबाट अभियान सञ्चालन गर्ने क्रममा संयोजन गर्ने जिम्मेवारी जिरी नगरभित्र परेकाले यता चहार्ने मौका जुर्यो ।
दुई साना ठाडा खोलाहरुले अंगालो हालेको यलुङ बस्ती आलु उत्पादनमा अब्बल छ । आलु खेतीबाट आएको कमाइले कैयौं परिवारको गुजारा चल्छ । उच्च पहाडको आलु निकै स्वादिष्ट हुन्छ ।
मनमा कुराहरु मडारिँदै गर्दा हामी कार्यक्रमस्थल पुग्यौं । नेकपा एमाले बागमती प्रदेश कमिटीका युवा नेता लक्ष्मण गुभाजूसहितले हामीलाई वर्गीय स्वागत गर्नुभयो । द्वन्द्वकालमा यो भेगमा माओवादीबाहेक अन्य पार्टीलाई राजनीतिक कार्यक्रम गर्न सकस हुन्थ्यो । स्वतन्त्र गतिविधि गर्न अवरोध हुन्थ्यो । अहिले हामी कुनै अवरोधविनै राजनीतिक गतिविधिमा सामेल भयौं ।
द्वन्द्वकालमा श्यामा र मालीले फगत ‘जनयुद्ध’ को ल्याङल्याङ भोग्नुपर्यो । व्यर्थमा मानव रगतहरु पोखिए । आयातित जडसूत्र रटानको अभ्यास ‘जनयुद्ध’ कारण यी ठाउँहरु पटक-पटक युद्ध मैदान भए । राज्यको क्रूर दमनले यहाँका नागरिकहरु अनाहकमा बलि चढे । फकाइफुलाइ र धम्क्याइको सांग्लोमा बाँधिएर कलिला मानिसहरु फगत युद्धमा होमिए । ती जीवनहरु कोही सिद्धिए, कोही दुःखकष्ट र पीडामा पिल्सिरहेका छन् ।
युद्धका दुईतर्फी सन्त्रासले छिन्नभिन्न परिवारहरु अहिलेसम्म ज्वालामुखीमा परेझैं प्रताडित छन् । युद्धताका यी भूमिहरुमा नेकपा एमाले र अन्य राजनीतिक आस्था राख्नेहरु प्रतिबन्धित झैं थिए । राजनीतिक हत्या, अपहरण र दमनको शिकारमा पर्थे । कथित जनसरकारका अल्लारेहरुले फरक आस्था राख्नेहरुलाई कि बन्दुक बोकाएर दास बन्न लगाउँथे कि त राजनीतिक नजरबन्दमा बस्न उर्दी गर्थे । त्यसवेला यी भेगहरुबाट चुनिएका नेकपा एमालेका जिल्लास्तरका कैयौं नेताहरु राजनीतिबाटै पलायन भएका थिए ।
अहिले यी स्थानहरु विद्रोहको भूमरीबाट स्वतन्त्र भै राजनीतिक विचरणमा छ । खुला राजनीतिक भोग गरिरहेका माओवादीले श्यामा र मालीका ‘सहिद परिवार’लाई वेवास्ता गरेको गुनासो छँदैछ । माओवादी नेता गंगा कार्कीद्वारा लिखित ‘दुसाध्य जनयुद्ध’ पुस्तकमा मालीको ‘सहिद परिवार’ले पार्टीबाट अपहेलना ठानेर पार्टीविरुद्ध आक्रोश पोखेको प्रसङ्ग उल्लेख छ । ‘सहिद कृपाश्वर’की छोरीले अर्की छोरी मर्दा माओवादी पार्टीलाई छुन र झण्डा ओढाउनसमेत नदिएको उल्लेख छ । पुस्तकमा कृपाश्वरका छोरा दीपकलगायत जङ्बु, याङ्जीको हत्या भएको दुःखद प्रसंग उल्लेख छ । ती परिवारहरुमाथि अपमान, बेवास्ता भैरहेको गुनासो गाउँभरि छ । यसैबीचमा यस भेगबाट माओवादी पार्टीले एकजनालाई समानुपातिकमा माननीय पदले सम्मान गर्यो । युद्धमा रत्तिभर योगदान नभएका व्यक्तिलाई ‘पैसाको सलामी’ अर्पण गरेर माओवादी पार्टीले माननीय पद उपहार दिएको दुःखेसो सहिद परिवारबाट सुनियो ।
द्वन्द्वकालमा यो भेगमा माओवादीबाहेक अन्य पार्टीलाई राजनीतिक कार्यक्रम गर्न सकस हुन्थ्यो । स्वतन्त्र गतिविधि गर्न अवरोध हुन्थ्यो । अहिले हामी कुनै अवरोधविनै राजनीतिक गतिविधिमा सामेल भयौं ।
जिरी नगरको गेमचेन्जर परियोजना मानिने २१ किलोमिटर सडक यात्रा गरेर हामीले श्यामा र माली घुम्यौं । पूर्वमेयर टंग जिरेलको नेत्वत्वमा बाह्रै महिना यातायात सञ्चालन हुने सडक निर्माणपछि माली र श्यामाको समृद्धिको ढोका खुलेको छ । ठूलो मात्रामा उत्पादित आलु र कृषिजन्य वस्तु बजार पुगेको छ । पशुजन्य उत्पादन बजारसम्म लान सजिलो भएको छ । यो सडकले गाउँबस्तीमा पैसा भित्रिरहेको छ ।
दोलखाको जिरी र आसपासका क्षेत्र आन्दोलन र राजनीतिमा अब्बल मानिन्छ । जिरीले दोलखाको भूमिगत कम्युनिष्ट राजनीतिमा निकै ठूलो योगदान गरेको छ । जिरी स्कुललाई केन्द्रविन्दु बनाएर कम्युनिष्टहरु उत्पादन गरेको इतिहास छ । जिरीलाई पञ्चायतकालमा कम्युनिष्टमाथि तीव्र दमन भएको क्षेत्र पनि भनिन्छ ।
लोकतन्त्रपछिका निर्वाचनहरुमा प्रायः कम्युनिष्टलाई जिरीले माया गरेको इतिहास छ । दोलखा जिल्ला पनि कम्युनिष्टकै किल्ला भनिन्छ । आकलझुकल परिणामहरुमात्र नेकपा एमालेबाहेक अन्य पार्टीमा जाने गरेकोबाट ‘लाल किल्ला’ भनिनुमा सत्यता छ । यसपालाको स्थानीय निर्वाचनमा भने नेकपा एमालेले दोलखा जिल्लामा आशातित नतिजा हासिल गर्न सकेन । संगठन र जनमत हुँदाहुँदै हार व्यहोर्नु परेको निष्कर्ष एमालेको छ । आगामी निर्वाचनमा विजयको यात्रा तय गर्न एमालेले गाउँमुखी अभियान चलाइरहेको हो ।
म अहिले यस भेगमा करिब २५ वर्षपछि राजनीतिको झोला भिरेर आइपुगेको छु । जिरीको पर्यटकीय विकासका निम्ति पत्रकारिता र सामाजिक अभियन्ताको भूमिकामा भने मेरो पहिचान जिरीवासीमाझ छ । नेपालय र साउथ एशियन फ्रि मिडिया एसोसियसन जस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्याति कमाएका संस्थाहरुबाट गरिएको भव्य कार्यक्रमहरुमा स्थानीय नेतृत्व मैले गरेकाले पनि जिरीबाट मैले विशेष माया पाउने गरेको छु ।
विद्यार्थी संगठन अनेरास्ववियुको जिल्ला अध्यक्ष भएको वेला यस भेगमा पैदल यात्रा गरेर कुनाकाप्चा पुगेको छु । यहाँका तत्कालीन युवा-विद्यार्थी नेता हाल एमाले दोलखाका जिल्ला सदस्य टपेन्द्र खड्का र केही शेर्पा विद्यार्थीका साथमा श्यामाको पुम्पासम्म पैदलै पुगेको थिएँ । त्यति वेला विद्यार्थीहरुमा पनि एमाले पक्षधरता र माओवादी पक्षधरतामा विभाजित हुने क्रम सुरु भैसकेको थियो । तर, विनाअवरोध पुम्पामा अनेरास्ववियुको संठगन निर्माण गरेका थियौं । त्यही राति शेर्पा थरका एकजना एमाले जिल्ला कमिटी सदस्यको घरमा बास बस्दा भने उनले निकै हतास प्रकट गरे । माओवादीबाट बाँच्न द्वन्द्वकालभरि उनले एमालेबाट सक्रिय राजनीति त्यागे ।
जिरी नगरको गेमचेन्जर परियोजना मानिने २१ किलोमिटर सडक यात्रा गरेर हामीले श्यामा र माली घुम्यौं । पूर्वमेयर टंग जिरेलको नेत्वत्वमा बाह्रै महिना यातायात सञ्चालन हुने सडक निर्माणपछि माली र श्यामाको समृद्धिको ढोका खुलेको छ ।
श्यामा र मालीको कार्यक्रम सम्पन्न गरेर जिरी लिंकन फर्कंदा कथित युद्धकालीन समय र मित्र हेमन्त प्रधानको सम्झना आयो । हेमन्तलाई माओवादी लडाकूले हत्या गरेको थियो । निकै सक्रिय युवा हेमन्त मारिनुको न्यायिक जवाफ हालसम्म परिवारले पाएको छैन । प्रायः उनको घरअघि परिवारले बनाइएको हेमन्तको सालिकमा मेरो आँखा जान्थे । यसपटक भने आँखाले त्यो सालिक देखेनन् ।
सायद नेपाल तरुण दलका जिल्ला नेता स्वर्गीय हेमन्तको निर्जीव सालिकले कांग्रेसलाई गिज्याइरहेकोे हुनुपर्छ । किनकि द्वन्द्वकालमा कांग्रेस खोजीखोजी घाटी रेट्ने दलसँग पनि निर्वाचनमा जीत हासिल गर्ने स्वार्थमा आपसी गठबन्धन हुँदोरहेछ ।
राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र भन्ने हुँदैन भनेर जननेता मदन भण्डारीले भन्नुभए झैं यसअघि एमाले र माओवादीबीच पनि एकता भएको थियो । एउटै पार्टीबाट निर्वाचन पनि लडे । जिते पनि । आखिर फेरि अलग भएर माओवादी कांग्रेससँग जोडिँदैछ । माओवादीसँग घाँटी जोडेर एमालेले पार्टी विभाजनको ठूलो क्षति व्यहोर्नुपर्यो । राजनीतिक घटनाक्रमले अब क्षति व्यहोर्ने पालो कांग्रेसको हो भन्ने देखाउँछ ।
यस्तै स्मरण गर्दै जिरीबाट बिदा हुने वेलामा एमालेका नेता कमरेडहरुले रातो कपडाले मोडेर एउटा डायरी उपहार दिनुभयो । गलामा प्रेमपूर्वक खादा लगाइदिनुभयो र बिदा दिनुभयो । त्यही डायरीले मलाई यति लेख्ने जाँगर र हौसला दियो । सायद त्यो डायरी ‘जिरी’ लेखेर भरिनेछ ।
(लेखक मानन्धर नेकपा एमाले दोलखाका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख हुन् ।)
Hello Rajendra ji,
Thank you for introducing Jiri and it’s story around the neighborhood.
I would like to correct one important thing! The name of a village and viewpoint hill that you mention.
It is not Kuthane, it is called Kuthame (कुथामे). I believe name of a village should be corrected. Specially you mentioned that you were from the district and visiting Jiri after two decade. I am from that village Kuthame so reading your story here brought me back to the village. I went to Jiri High School in 90s and was involved in student political union so yes it does remind me of those exciting and thrilling days.
Please accept my apology if I make you feel bad but I strongly feel that seoing the name of the village wrong in more than one place was not by typo or mistake. Probably someone pronounced it wrong.
Great 👍👍👍