उ बेलामा रुपचन्द्रले त केही गर्न सकेनन्, अहिले दुईचार जना स्वतन्त्रले जितेर केही हुन्न : बानियाँ – Nepal Press

उ बेलामा रुपचन्द्रले त केही गर्न सकेनन्, अहिले दुईचार जना स्वतन्त्रले जितेर केही हुन्न : बानियाँ

हेटौँडा । नेपाली कांग्रेस वागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले एकदुईजना स्वतन्त्रले जितेर केही नहुने बताएका छन् ।

हेटौँडा १७ मा रहेको अण्डाल बेद अध्यापन केन्द्रको शिलान्यास गर्दै वागमती प्रदेश सभापति समेत रहेका बानीँयाले उ बेला मकवानपुरमा निष्पक्ष सक्रियताको अभ्यास भन्दै थाहा अभियान चलाएका रुपचन्द्र विष्टले पनि केही गर्न नसकेको भन्दै स्वतन्त्रहरुले जितेमा सांसद भवनमा कुर्लनेबाहेक अन्य कुनै काम नहुने दाबी गरे ।

तत्कालीन समयमा रहेका २८ मण्डले नियुक्त भण्डाफोर अभियान चलाएका रुपचन्द्र विष्टले जनतालाई केही सूसुचित गरेपनि अरु केही गर्न नसकेको बाँनियाले आरोप लगाए ।

उनले भने ‘एकदुईजना स्वतन्त्रले जिते भने सांसद भवनमा गएर कुर्लने र कुनामा थन्केर बस्नेबाहेक केही हुनेवाला छैन ।’ बहुदलीय प्रजातन्त्र भएको देशमा बहुमत प्राप्त दलले शासन गर्ने भन्दै उनले स्वतन्त्रको पछि नलाग्न आग्रहसमेत गरे । निर्दलीय व्यवस्थाको रुपमा रहेको पञ्चयात समापन भएको भन्दै बाँनियाले दलीय व्यवस्थामा दलले शासन गर्ने बताए ।


प्रतिक्रिया

2 thoughts on “उ बेलामा रुपचन्द्रले त केही गर्न सकेनन्, अहिले दुईचार जना स्वतन्त्रले जितेर केही हुन्न : बानियाँ

  1. अहिले त दलका ठग व्यापारीले जित्ने बेला हो । कि कसो ?

  2. रूपचन्द्रले भोट माग्दा कहिले झुटको सहारा लिएनन्। “भौतिक विकास माग्छौ भने मलाई भोट नहाल म छाप्रे जगाउन आएको हु” भन्नु हुन्थ्यो । रूदाने जस्ता त्यागी नेताको कारण छाप्रे जागेर यो ब्यवस्था आएका कारण आज हजुरहरू जस्ताले राजनिती गर्न पाईबक्सेको छ हिजो साईकिल चड्न नपाउनेले आज 3/4 करोडको गाडी चड्न पाईबक्सेकोछ । 900/1000 करोडको मात्र भयपनि मालिक हुन पाईबक्सेको छ । अझ बिकास हुदै जावस सुभकामना छ । तर रूदानेको खिल्ली नउडाई बक्सेला ।
    यहा कोही बलवान छ त ,केवल समय मात्र वलबान छ
    हिजो को थियो , आज हजुरहरू जस्तो होईबक्सिन्छ
    भोलिको हुन्छ समयले वताउला ।
    “मनमा धेरै घमण्ड आयो भने आर्यघाट तिर नजर लगाउनु
    त्यहाँ हजुरहरू भन्दा पनि महान ब्यक्ति खरानी भैसके ” ।
    जदौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर