राष्ट्रिय महिला फुटबल टोलीलाई भेटेर बालेन र सुनिताले दिए शुभकामना
नेपाल प्रेस
२०७९ भदौ २४ गते १०:००
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलले राष्ट्रिय महिला फुटबल टोलीलाई भेटेर शुभकामना दिएका छन् । शुक्रबार बिहान सोल्टी होटलमा पुगेर मेयर साह र उपमेयर डंगोलले टोलीलाई आगामी जीतका लागि शुभकामना दिएका हुन् ।
मंगलबारदेखि सुरू भएको महिला साफ च्याम्पियनसिप २०२२ को उद्घाटन खेलमा घरेलु टिम नेपालले भुटानसँग खेलेको थियो । भुटानलाई ४-० गोलले हराएको थियो ।
नेपालले सोमबार श्रीलंकासँग खेल्ने तालिका छ । नेपालले अब यसअघि नेपाल र भुटानको पहिलो खेल हेर्न मेयर साह र उपमेयर डंगोल रंगशाला पुगेका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर