बेलायती महारानीको निधनमा शोक व्यक्त गर्न प्रधानमन्त्री देउवा पुगे दूतावास – Nepal Press

बेलायती महारानीको निधनमा शोक व्यक्त गर्न प्रधानमन्त्री देउवा पुगे दूतावास

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायती महारानी एलिजावेथ द्वितीयको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

आज बिहान काठमाडौंस्थित बेलायती राजदूतावास पुगेर महारानीको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री देउवालले दूतावासमा राखिएको शोकपुस्तिकमा शोक सन्देश पनि लेखेका छन् ।

महारानी एलिजावेथको बिहीबार निधन भएको थियो । नेपालले उनको निधनमा तीनदिन शोक मनाउने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर