प्रकृतिको काखमा लुटपुटिएको ताप्लेजुङको तोक्पेगोला
ताप्लेजुङ । गोला प्रत्यय लागेको प्रदेश १ को सबैभन्दा सुनिएको र चिनिन्छ ओलाङचुङगोला। ताप्लेजुङकै तोक्पेगोला उतिसारो धेरै चर्चामा छैन। तर, ताप्लेजुङमा यो क्षेत्र धेरै चिनिएको क्षेत्र हो। पोखरी, झरना, गुम्बा र अन्य आकर्षक प्राकृतिक छटाले सुसज्जित तोक्पेगोलालाई लिम्बुहरुको एक मुन्धुमी ल्यान्डमार्क पनि मानिन्छ ।
शेर्पा संस्कृतिमा पनि यो क्षेत्र उत्तिकै महत्त्वपूर्ण छ। तिब्बती बजार र ताप्लेजुङ सदरमुकाम पुग्न लगभग उत्तिकै सिमामाना रहेको यो क्षेत्र चीनको सिमा बन्द हुनु अगाडिसम्म दुई देशको सिमापार व्यापारको एक हब पनि थियो। अहिले २८ घर रहेको तोक्पेगोलाका स्थानीय हिउँले गाउँ ढाक्न थालेपछि गोला छोड्छन् ।
मिक्वाखोला गाउँपालिका-५ को तोप्केगोला फुङफुङे झरना क्षेत्रबाट सामान्य हिड्नेलाई दुई दिन लाग्छ। यस्तै संखुवासभाको सभापोखरी क्षेत्रबाट तीन दिन हाराहारी यात्रामा पनि तोक्पेगोला पुग्न सकिन्छ ।