तीनकुने क्षेत्रमा पुनः चल्यो महानगरको डोजर (तस्बिरहरु)
२०७९ भदौ २६ गते १५:२७
काठमाडौं । अनधिकृत संरचना हटाइरहेको काठमाडौं महानगरपालिकाले आज तीनकुने चोकमा पनि डोजर चलाएको छ । कोटेश्वर क्षेत्रमा महानगरले पटक-पटक माइकिङ गरेर फुटपाथ व्यवसायीले बनाएकाे अनधिकृत संरचना नहटाएपछि महानगर आफैंले हटाउन थालेको हो ।
महानगरको सूचना बेवास्ता गर्ने तथा फुटापथ ढाकेर बनाइएको पाली, भर्याङ, सिंडीहरु डोजरमार्फत हटाइएकाे हाे ।
कोटेश्वेर क्षेत्रमा महानगरले यस महिनामात्रै ३ पटक डोजर चलाइसकेको छ । त्यस्तै, यो अभियान निरनतर जारी रहने महानगरको भनाइ छ ।
प्रतिक्रिया
सम्बन्धित खवर