सीटिईभिटी कर्णाली प्रदेशका दुई प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्धा
तत्कालीन कर्णाली प्रदेश प्रमुख भीमकान्त लामिछाने र मोहनबहादुर कार्कीविरुद्ध जनही ३ करोड ४३ लाखको बिगो दाबी
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटिईभिटी)का दुई जना कर्णाली प्रदेश प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार आरोपमा विषेश अदालतमा मुद्धा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तालिम सन्चालनमा भ्रष्टाचार भएको भन्दै उनीहरुविरुद्ध मुद्धा दायर गरकेो हो । सीटिईभिटीका तत्कालीन कर्णाली प्रदेश प्रमुख भीमकान्त लामिछाने र मोहनबहादुर कार्कीविरुद्ध जनही ३ करोड ४३ लाख ८८ हजार ८ सय १६ रुपैयाँ बिगो माग गरिएको छ।
अख्तियारका अनुसार कर्णाली प्रदेश कार्यालयले विना प्रतिस्पर्धा दैलेखको चामुन्डा बिन्द्रासैनी नगरपालिका(३ स्थित चामुन्डा माध्यमिक विधालयलाई विभिन्न तालिम सन्चालनका लागि रकम उपलब्ध गराएको थियो।
चामुन्डाले पनि आफैँले तालिम सन्चालन नगरेर काठमाडौंको इलाइट इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कन्सल्ट्यान्टलाई उक्त जिम्मेवारी दिएको आरोप लागेको छ।
चामुन्डाले आफूले तालिम सन्चालन अनुमती पाउनुअघि नै उक्त कम्पनीसँग सम्झौता गरको अख्तियारको दावी छ। सीटिईभिटी कर्णाली प्रदेशका लेखा अधिकृत शिवराम रोकाय, चामुन्डाका तत्कालिन प्रधानाध्यापक जयप्रसाद तिमल्सिना, सहलेखापाल नरेशबहादुर शाही, विधालय व्यवस्थापन समिति अध्यक्ष नन्दबहादुर शाही र इलाइट इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कन्सल्ट्यान्टका सन्चालक कुमार शाहीविरुद्ध पनि जनहिँ ३ करोड ४३ लाख ८८ हजार ८ सय १६ रुपैया बिगो माग गरिएको छ।