डेंगु जोखिम: पूरा बाहुला भएको लुगा अनिवार्य लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह – Nepal Press

डेंगु जोखिम: पूरा बाहुला भएको लुगा अनिवार्य लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा कार्यरत कर्मचारी तथा स्वास्थ्यकर्मीहरुलाई कार्यालय समयमा पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउन आग्रह गरेको छ ।

डेंगुबाट संक्रमित हुनेको संख्या बढ्न थालेपछि मन्त्रालयले डेंगु संक्रमणको जोखिम कम गर्न कार्यस्थल वरिपरि निरन्तर सफा राख्न र कार्यालय समयमा पुरा बाहुला भएको पोशाक अनिवार्य लगाउन सार्वजनिक, सामुदायिक र नीजि क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई आग्रह गरेको हो ।

‘डेंगु रोग लाग्न नदिन सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो । प्रायः दिनको समय, विषेशगरी बिहान र बेलुकाको समयमा सक्रीय रहने एडिज जातको लामखुट्टेको टोकाईबाट डेंगु रोग लाग्ने हुनाले पूरा बाहुला भएको लुगा लगाउन सम्पूर्ण कर्मचारीहरुमा अनुरोध छ । सूचनामा भनिएको छ ।

हाल नेपालमा डेंगु तीव्र रुपमा फैलिएको छ ।डेंगुको बढ्दो संक्रमणलाई न्यूनीकरण गर्न प्रदेश, जिल्ला र स्थानीय तहसँगको समन्वयमा यो रोग सार्ने लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई तीव्र बनाइएको मन्त्रालयको दावी छ ।

मन्त्रालयले डेंगु नियन्त्रणको उपायका बारेमा विशेषज्ञहरूसँग नियमित परामर्श बैठक र विभिन्न सरोकारवालासँग छलफल र समन्वयात्मक प्रयासहरु गरिएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *