१४ महिनामा गठबन्धनले देशलाई बर्बादीतिर लगे : ओली (भिडिओ) – Nepal Press

१४ महिनामा गठबन्धनले देशलाई बर्बादीतिर लगे : ओली (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश बचाउनका लागि एमालेलाई बहुमत आवश्यक रहेको बताएका छन् ।

सोमबार जनकपुरधाममा नेपाल बुद्धिजीवी परिषदको प्रथम मधेस प्रदेश अधिवेशन उद्घाटन गर्दै ओलीले एमालेलाई सरकारमा जान मात्रै नभएर मुलुकलाई बचाउन, समृद्धिको बाटोतर्फ अघि बढाउन बहुमत आवश्यक रहेको बताएका हुन् ।

अबको निर्वाचन एमालेको पक्षमा नआए देश बर्बाद हुने भन्दै ओलीले भने, ‘पछिल्लो १४ महिनामा गठबन्धनले देशलाई बर्बादीतिर लगेको छ । अर्को पाँच वर्ष फेरि गठबन्धनलाई दिन हुँदैन ।’

एमालको नेतृत्वमा मात्रै देशका शिक्षा, स्वास्थ्य पूर्वाधारलगायतको विकास हुने उनको दाबी छ । आगामी निर्वाचनले देशप्रति समर्पित सरकार दिन सक्नुपर्ने भन्दै अहिलेको निर्वाचन समान्य निर्वाचन नभई देशको भाग्य र भविष्यको फैसला गर्ने निर्वाचन भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर