नगरप्रहरीलाई मेयर साहको निर्देशन : पाप धुरीबाट कराउँछ भन्ने ख्याल राख्नुस् (भिडिओ) – Nepal Press

नगरप्रहरीलाई मेयर साहको निर्देशन : पाप धुरीबाट कराउँछ भन्ने ख्याल राख्नुस् (भिडिओ)

नेपाल प्रहरीकै हाराहारीमा आउने गरी स्तर विकास गर्न आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौंको नगर प्रहरीलाई आफ्नो स्तर विकासमा जोड दिन आग्रह गरेका छन् । नगर प्रहरी नेपाल प्रहरीभन्दा कमजोर हो भन्ने मान्यता तोड्ने गरी अगाडि बढ्न उनले निर्देशन दिए ।

आफ्नो छोटो सम्बोधनमा बालेनले नेपाल प्रहरीबाट केही जनशक्ति नगरप्रहरीमा थप्न खोजिएकोमा सफल नभएको बताए ।

‘हामीले नेपाल प्रहरीबाट ल्याउन खोज्दा नगर प्रहरीभन्दा हामी माथि हौं भन्ने भावना देखियो’, उनले भने, ‘तपाईंहरुले आगामी दिनमा फिटनेसदेखि विभिन्न पक्षहरुमा सुधार ल्याएर आफ्नो सवलीकरणमा लाग्नुस् । यसका लागि आवश्यक सहयोग महानगरले गर्न तयार छ ।’

साहले अनुशासनमा रहेर काम गर्न नगरप्रहरीलाई आग्रह गरे ।

‘गल्ती भएका कुराहरुलाई सच्याउँदै इमान्दारिताका साथ काम गर्नुहोला’, उनले भने, ‘गलत काम गरेर पैसा आर्जन गरेर कहिल्यै सुख हुँदैन भन्ने कुरालाई मनन गर्नुस् । हामी हिन्दू धर्म, बौद्ध धर्म मान्नेहरु पाप र धर्ममा विश्वास गर्छौं । गलत तरिकाले पैसा कमाउम पाप धुरीबाट कराउँछ भन्ने मान्यतालाई मनन गरेर आफ्नो आचरणमा सुधार ल्याउनुस् ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *