तस्बिर र भिडिओमा मनै लोभ्याउने ताप्लेजुङको फुङफुङे झरना – Nepal Press

तस्बिर र भिडिओमा मनै लोभ्याउने ताप्लेजुङको फुङफुङे झरना

ताप्लेजुङ । लिम्बू भाषामा फङफङदेन भनिने ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको झरनालाई धेरैले फुङफुङे भनेर चिन्छन। करिब ३०० मिटर अग्लो भएर झर्ने यो झरनामा पानी बाह्रैमास हुन्छ। पारी पहाडबाट हेर्दा भित्ता छिचोलेर झरेको आकर्षक झरना देखिन्छ ।

झरनाको फोहोरामा नुहाउन भने असम्भव छ। विशाल फोहोरा हुने भएकोले आगन्तुकहरु ५० मिटर हाराहारी परबाट मात्रै तस्बिर लिने र हेर्ने गर्छन् । ७३.५ मेगावाटको मध्य मेवा जलविद्युत आयोजना क्षेत्रकै झरना भएकोले अहिले आयोजना पुग्ने सडकबाट झरना पुग्न सकिन्छ ।

ताप्लेजुङ सदरमुकामबाट चार घन्टा हाराहारी सवारी यात्रामा पुगिने झरना क्षेत्रमा केही टी हाउस र होटलहरु छन् । झरनाको दायाँबायाँ दुवैतर्फ रेलिङ बनाएर हेर्न र तस्बिर लिने सिढी बनाएपनि झरनातर्फ फर्किदाको देब्रे तर्फ पानीले कम भिजाउँछ। दाहिनेतर्फबाट भने रेन कोट लाएर मात्रै हेर्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *