चिनियाँ जनकंग्रेसका अध्यक्ष हिँड्ने रुटमा सार्वजनिक सवारी चलाउन रोक (तस्बिरहरू/भिडिओ) – Nepal Press
अस्तव्यस्त ट्राफिक:

चिनियाँ जनकंग्रेसका अध्यक्ष हिँड्ने रुटमा सार्वजनिक सवारी चलाउन रोक (तस्बिरहरू/भिडिओ)

काठमाडौं । नेपालको औपचारिक भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु उच्चस्तरीय भेटवार्तामा व्यस्त छन् ।

उनी बिहानैदेखि उच्चस्तरीय भेटवार्तामा निस्एिका छन् । उनी यतिबेला नयाँ बानेश्वरस्थित संसद भवनमा नेताहरुसँग भेट वार्ता गरिरहेको छन् । उनी उच्चस्तरीय भेटवार्तामा निस्कने क्रममा भने उपत्यका विभिन्न ठाउँमा सवारी आगमन प्रभावित भएको छ।

भीआईपी सवारीको कारण विभिन्न ठाउँको सवारी आवागमन प्रभावित भएको भन्दै भन्दै महानगरीय ट्राफिक महाशाखाले वैकल्पिक रुट प्रयोग गर्न आग्रह गरेको छ ।उनले प्रयोग गर्ने सवारी रुटमा बिहानैदेखि सवारी आवागमन अस्त व्यस्त बनेको छ ।

अध्यक्ष चान्शु हिड्ने रुटमा सार्वजनिक बस चलाउन रोक लगाइएको छ । साढे ११ बजेको आसपासमा तिनकुने, नयाँ बानेश्वर, बबरमहल, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, भोटेबहाल, टेकु, कालीमाटी, सोल्टी होटल, रविभवन सम्म सार्वजनिक सवारी साधन चलाउन रोक लगाइएको हो । मोटरसाइकल र निजी सवारी भने फाट्टफुट्ट चल्न दिइएको छ ।

सार्वजनिक सवारी उक्त रुटमा चलाउन नदिँदा यात्रुहरु मारमा परेका छन् । उनीहरु सवारी कुरेर सडकमा बसिरहेको छन् । यी रुटमा सवारी आवागमनमा प्रभावित हुँदा सर्वसाधरण घण्टौं लामो जाममा बस्नु परेको छ ।

 

आज दिउँसो साढे ३ बजे भने रविभवन, सोल्टी होटल, कालीमाटी, टेकु, भोटेबहाल, कुपण्डोल, त्रिपुरेश्वर, थापाथली , माइतीघर, बबरमहल, सिंहदरबार, भद्रकाली, पद्मोदयमोड आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

त्यस्तै दिउँसो साढे ४ बजेको आसपासमा पद्मोदयमोड, भद्रकाली, सिंहदरबार, माईतीघर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, कुपण्डोल, भोटेबहाल, टेकु, कालीमाटी, रविभवन र सोल्टी होटल आसपासका क्षेत्रमा पनि सवारी आवागमन प्रभावित हुने भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *