डिना उपाध्यायको स्वीकारोक्ति- राणालाई क्वाटरमा भेटेर ‘ग्रेसफुल एक्जिट’ को प्रस्ताव राखेकी हुँ (भिडिओ) – Nepal Press

डिना उपाध्यायको स्वीकारोक्ति- राणालाई क्वाटरमा भेटेर ‘ग्रेसफुल एक्जिट’ को प्रस्ताव राखेकी हुँ (भिडिओ)

हेटौँडा । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ ले आफू निलम्बित प्रधानन्याधीश चोलेन्द्रशम्शेर राणाको क्वाटरमा गएको स्वीकार गरेकी छन् । गृहनगर हेटौँडामा मंगलबार नेपाल प्रेससँगको विशेष कुराकानीमा उनले राणालाई ‘ग्रेसफुल एक्जिट’ को प्रस्ताव राखेको प्रष्ट पारिन् ।

संसदको महाअभियोग सिफारिस समितिमा बयान दिने क्रममा निलम्बित प्रधानन्यायाधीश राणाले दीपकराज जोशीलाई आफ्नो उत्तराधिकारी बनाउन सहजीकरण गरिदिएमा महाअभियोग फिर्ता लिने प्रस्ताव लिएर सत्तारुढ नेताहरू आफ्नो क्वार्टरमा आएको बताएका थिए । उनले डीना उपाध्यायको नामै लिएका थिए ।

यस विषयमा नेपाल प्रेसले प्रश्न गर्दा उपाध्यायले भनिन् ‘म उहाँको क्वाटरमा गएको सत्य हो । तर उहाँले भनेजस्तो कुनै अधिकार बोकेर गएको भने होइन ।’

आफूले सहमहामन्त्री जितेपछि न्यायालयका धेरै मानिसले पटक-पटक फोन गरेर प्रधानन्याधीश राणा ‘ग्रेसफुल एक्जिट’ को लागि प्रधानमन्त्रीसम्म कुरा पुर्‍याइदिन आग्रह गरेको उनको भनाइ छ ।

उनले भनिन् ‘प्रधानमन्त्रीकोमा कुरा पुर्‍याउनको लागि त मैले उहाँ (राणा) सँग नभेटी त हुँदैन नि ? उहाँको कुरा सुनिसकेपछि मात्रै म प्रधानमन्त्रीसँग यो कुरा राख्न सक्छु र राजीनामा दिइसकेपछि महाअभियोग फिर्ताको सम्भावना हुनसक्छ भन्ने हिसाबले म भेट्न गएको हो ।’

पार्टी सभापति नै प्रधानमन्त्री भएको अवस्थामा आफू पार्टीको तर्फबाट मात्र कुरा गर्न गएको उनको भनाइ छ ।

भेटबारे उनले भनिन्, ‘मैले भेटर निकैबेर कुरा गर्दै उहाँलाई निकास दिन आग्रह गरेँ । राजीनामा गरेपछि तपाईंको सम्मानजनक बहिर्गमन हुन्छ भने महाअभियोग लगाउने गठबन्धनका नेतृत्वहरुले पनि सोच्न सक्नुहुनेछ भनेको थिएँ । तर, उहाँले प्रधानमन्त्रीमाथि धेरै दोष लगाउनुभयो, तर मैले हाम्रो पार्टीको सांसदहरूले मात्र महाअभियोग नलगाएको कुरा बताएँ ।’


प्रतिक्रिया

5 thoughts on “डिना उपाध्यायको स्वीकारोक्ति- राणालाई क्वाटरमा भेटेर ‘ग्रेसफुल एक्जिट’ को प्रस्ताव राखेकी हुँ (भिडिओ)

  1. कुरा स्पष्ट हुँदैछ । भारतको निर्देशनमा गठबन्धनका दलालहरूले न्यायालय प्रयोग गरेर ओलिलाई हटाएका रहेछन् । ओलिको विकास र राष्ट्रियताको अडानले भारत तिलमिलायो। उसलाई लाग्यो ओलि भएसम्म नेपाललाई गुलाम बनाउन सकिँदैन । यसको लागि उसलाई गठबन्धन चाहियो किनकी गठबनधनका दलाल मार्फत नेपाललाई गुलाम बनाउन सकिन्छ र अहिले गुलाम बनाईरहेको छ ।

    1. हैन यो त कस्तो कुरा आयो भने ” आफ्नो थैली राम्ररी बन्द गर्नु अरूलाई दोष नलगाउनु ” भने झै आआफु लोभी पापी, जे मा पनि भाग चाहियो अनि अर्को पनि त तेई ड्याङको मूला हो । उल्ले ज्यानजाला दिन्न भन्छ दिन्न भन्छ । भाईफुटे गँवार लुटे भनेको यै हो ।

  2. Cholendra le thik bayan deeyeka xan. Eeni dinale bayan fereki xan. Prachande ra shere(chanda/munda) ko bachau gareki xin. Yo spastha hunxa.

  3. याे कुराले के पुष्टि हुन्छ भनी निलम्बित न्यायधिसले छानबिन समितिमा बाेलेका कुरा र अन्य आफ्ना समकक्षी र पुर्व न्यायधिस अनि बार बार का पदाधिकारि वकिल हरुकाे बारेमा लगाएका आराेप कुनै बढाई चढाई हाेला , तर धेरै कुरा सत्य पनि छन भन्ने पुरुप पनि हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर