विपीन अधिकारी लक्षित शम्भु थापाको प्रश्न- धारा १०१ नपढ्ने कुन चाहिं संविधानविद् जन्मियो ? (भिडिओ) – Nepal Press

विपीन अधिकारी लक्षित शम्भु थापाको प्रश्न- धारा १०१ नपढ्ने कुन चाहिं संविधानविद् जन्मियो ? (भिडिओ)

चोलेन्द्र शमशेरले बोलेका कुरा रेकर्डबाट हटाउन महाअभियोग समितिको ध्यानाकर्षण

काठमाडौं । नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष शम्भु थापाले प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै महाअभियोग प्रस्ताव पनि निष्क्रिय हुने तर्कप्रति असहमति जनाएका छन् । संविधानविद् विपीन अधिकारीलगायतलाई संकेत गर्दै वरिष्ठ अधिवक्ता थापाले राष्ट्रियसभामा सो प्रस्ताव जानसक्ने बताए ।

थापाले भने, ‘संविधानको धारा १०१ को उपधारा १ हेर्नुभयो भने यो प्रस्ताव दुवै सदनको हो । एउटा सदन चुनावमा गएको छ । तर, अर्को जीवित छ । अरुको संविधान छाड्नुस्, हाम्रो संविधानको त्यो धारा हेरौं । कुन चाहिँ संविधानविद् जन्मिएर भन्छ यो प्रस्ताव मर्छ भनेर ? किनकि संसद मरेको होइन अर्को सदस्य खोजेकोमात्र हो ।’

थापाले महाअभियोग सिफारिस समितिमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रयोग गरेका भाषाप्रति समेत आपत्ति जनाए । उनले चोलेन्द्रले बोलेका कुरा रेकर्डबाट हटाउन मागसमेत गरे ।

राणाले पूर्वन्यायाधीश समाजका केही पदाधिकारीको नाम किटेर उनीहरु मण्डले भएको बताएका थिए ।

विपीन अधिकारीलगायत संविधानविद्हरुले प्रस्ताव दर्ता भएको र छलफल गर्ने प्रतिनिधिसभा नै नरहेपछि सो प्रस्ताव स्वतः निष्क्रिय हुने जिकिर गर्दै आएका छन् ।

याे पनि पढ्नुस्ः असोज २ गते चोलेन्द्र सर्वोच्च फर्किए कसले रोक्ने ?


प्रतिक्रिया

One thought on “विपीन अधिकारी लक्षित शम्भु थापाको प्रश्न- धारा १०१ नपढ्ने कुन चाहिं संविधानविद् जन्मियो ? (भिडिओ)

  1. विपिन अधिकारी बौद्विक अधिबक्ता हुन् जस्तो लाग्छ अरूजस्तो कर छल्ने, सेवाग्राहीलाई लुटने, न्यायाधिशलाई पैसा दिएर फैसला गर्न लगाउनेमा पर्दैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *