चार दिन बसेर स्वदेश फर्किए चिनियाँ नेता ली – Nepal Press

चार दिन बसेर स्वदेश फर्किए चिनियाँ नेता ली

काठमाडौं । नेपालको चार दिने औपचारिक भ्रमणमा आएका जनवादी गणतन्त्र चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका महामहिम अध्यक्ष ली चान्शु भ्रमण सम्पन्न गरी आज फर्किएका छन् । उनलाई सभामुख अग्नी प्रसाद सापकोटाले आज विहान ८स्५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा बिदाइ गरेको हुन् ।

अध्यक्ष ली चान्शु सभामुख सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा यही भदौ २७ गते अपरान्ह नेपाल भ्रमणमा आएका थिए। उनलाई सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा स्वागत गरेका थिए ।

सोही दिन सापकोटा र अध्यक्ष ली चान्शुबीच संघीय संसद भवनमा आआफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै औपचारिक वार्ता गरेका थिए।
वार्तापछि नेपालको संघीय संसदको प्रतिनिधि सभा तथा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस (नेसनल पिपुल्स कंग्रेस) बीच अन्तरसंसदीय सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भयो ।

समझदारी पत्रमा संघीय संसदको नेतृत्व सभामुख र अध्यक्ष ली चान्शुले हस्ताक्षर गरे । भ्रमणको पहिलो दिन सभामुखले महामहिम ली चान्शु र भ्रमणमा रहेका प्रतिनिधिमण्डलको सम्मानमा होटल सोल्टीमा ुस्टेट डिनरुको आयोजना गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर