केपी ओलीमाथि प्रचण्डको आरोप: भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भनेर बोर्ड टाँग्ने, भित्र भ्रष्टाचारबाहेक केही नगर्ने (भिडिओ) – Nepal Press

केपी ओलीमाथि प्रचण्डको आरोप: भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भनेर बोर्ड टाँग्ने, भित्र भ्रष्टाचारबाहेक केही नगर्ने (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाहिर भ्रष्टाचार गर्दिनँ भने पनि भित्रभित्रै भ्रष्टाचारबाहेक अरु केही नगर्ने आरोप लगाएका छन् ।

पार्टी निकट नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘‘कैयौं प्रधानमन्त्रीले भन्ने गरेको तपाईं हामीले सुनेका छौं, म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ भन्ने साइनबोर्ड बाहिर टाँग्ने र त्यो साइनबोर्डभित्र बसेर भ्रष्टाचारबाहेक केही नगर्ने ।’

यस्तो हुनुको कारण व्यवस्थामै खोट रहेको उनको भनाइ छ । ‘के कारणले भयो यस्तो ? यो व्यक्तिको मात्र दोष हो कि यो प्रणालीमा कहीं खोट छ भन्ने कुरा हामी सबैले विचार गर्नुपर्ने विषय हो’, उनले भने ।

यस्तै ओलीलाई नै लक्षित गरी अध्यक्ष प्रचण्डले माओवादी, गणतन्त्र, समावेशी र समानुपातिक पद्धतिसँग उनी असन्तुष्ट रहेको टिप्पणी गरे । उनले भने, ‘एकथरि मानिसहरूलाई त माओवादी, गणतन्त्र, समावेशी, समानुपातिक सबैले अधिकार पाउनुपर्‍यो भन्ने कुरा नै मन पर्दैन । प्रचण्ड भनेपछि अस्थिरताको कारण हो भन्नेहरु पनि छन् ।’

तर, आफू रहुञ्जेल प्रतिक्रियावादी शक्तिको चाहना पूरा नहुने उनको दाबी थियो ।


प्रतिक्रिया

One thought on “केपी ओलीमाथि प्रचण्डको आरोप: भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ भनेर बोर्ड टाँग्ने, भित्र भ्रष्टाचारबाहेक केही नगर्ने (भिडिओ)

  1. त्यतिखेर पनि सरकारमा तिमीहरू नै थियौ । अहिले पनि सरकार मै छौ । खैत भ्रष्टाचारीलाई पाता कसेको? नौटंकी गर्छौ ! अनि भारतीय नागरिक र व्यापारिक घरानाका प्रितिनिधि राखेर अमुक ब्यापारीलाई फाइदा पुग्नेगरी करका दर हेरफेर भ्रष्टाचार मात्र हो कि राष्ट्रदोह हो? उसैलाई फेरि किन अर्थ मन्त्री नियुक्त गरेको? तिमीहरूको भ्रष्टाचारको जालो र सेटिङ्ग भत्कन्छ भनेर होइन ? राज्यमा विदेशी मुद्रा संचिती घटिरहेको बेला किन सुपारी आयात गर्नुपरेको? प्रधानमन्त्रीको छोरालाई फाइदा हुने र स्वदेशी उद्योग धरासायी हुनेगरी किन डाइपर लगायतमा करका दर परिवर्तन गरेको ? तिमीहरू सबै भ्रष्टाचारीहरू हौ देशद्रोही हौ ! यति तथ्य जनताले बुझेर मंसिर ४ मा निर्णय गरे हुने थियो तर के गर्नु धेरै हनुमान नै छन् र पो त !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर