एमालेमा माधवको शासनकाल सम्झिँदै ओलीले भने- थाहै नपाइ ‘नेमप्लेट चेन्ज’ भइसक्थ्यो (भिडिओ) – Nepal Press

एमालेमा माधवको शासनकाल सम्झिँदै ओलीले भने- थाहै नपाइ ‘नेमप्लेट चेन्ज’ भइसक्थ्यो (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको १५ वर्षे शासनकाल स्मरण गर्दै धेरैले पार्टी छाडेपनि आफू अपमान सहेर पार्टीमै बसेको बताएका छन् ।

२०५० सालमा विदेश विभाग सदस्यबाट अपमानजानक हटाइएपछि पार्टी छाडेका राजेन्द्र प्रधानलाई २९ वर्षपछि एमालेमा स्वागत गर्दै ओलीले राजेन्द्रको भन्दा बढी आफूले अपमान सहे पनि पार्टी नछाडेको बताए ।

ओलीले भने, ‘म संसदीय दलको उपनेता थिएँ । चलन अनुसार नेमप्लेट टाँसिएको थियो । अर्कोपटक आएर दलको कार्यालयमा कुर्सीमा बस्न खोज्दा कर्मचारीले आएर बाहिर नेमप्लेट हेर्नुभएन ? अर्कै आइसक्नुभएको छ भने । मैले यसो बाहिर हेरेको उपनेताको नेमप्लेटमा अर्कैको नाम आइसकेछ । यस्ता त दैनिक हुन्थे, अहिले एउटा विभाग प्रमुख हुन्थेँ एकछिनमै हटिसकेको हुन्थेँ ।’

ओलीले त्यसबेला एमालेमा स्वेच्छाचारी र निरंकुशता रहेको भन्दै आफूले एउटा विभागको प्रमुख नपाउँदा कतिपय नेताले ८ देखि ११ वटा विभागको प्रमुखसम्म पाउने गरेको स्मरण गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर