चोलेन्द्रविरुद्धका प्रमाण संकलन गर्न महाअभियोग सिफारिस समितिमा एमालेको प्रस्ताव
काठमाडौं । महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबरासँग पूरक बयान शुरु भएको छ । यसअघि चोलेन्द्रले आरोपित गरेका बरिष्ठ अधिवक्ताहरुले विहीवार राणामाथि विभिन्न आरोप लगाएका थिए ।
सिफारिस समितिसँग एक दिनमात्र काम गर्ने समय बाँकी रहदा एमालेले राणाविरुद्ध महाअभियोग लगाउनका लागि प्रमाणहरु संकलन गर्नुपर्ने प्रस्ताव राखेको छ ।
शुक्रवार बिहान शुरु भएको बैठकमा पूर्व कानूनमन्त्री समेत रहेकी सिफारिस समिति सदस्य डा.शिवमाया तुम्बाहाङ्फेले राणाविरुद्धका डकुमेन्ट संकलन गर्नुपर्ने बताइन् ।
उनले राणाले बोलेको कुरा प्रमाणित नभएस्म्म प्रतिप्रश्न गर्न मिल्ने कि नमिल्ने भन्ने प्रश्न समेत गरेकी थिइन् ।
राणासँग पूरक बयान लिएर समितिले आजै राति संसदको अधिवेशन अन्त हुनुअघि प्रतिवेदन बुझाउन खोजेको छ ।