प्रतिनिधिसभाको आयु भोलि नै सकिए असंवैधानिक : सांसद हुसेन (भिडिओ) – Nepal Press

प्रतिनिधिसभाको आयु भोलि नै सकिए असंवैधानिक : सांसद हुसेन (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सांसद समीना हुसेनले संविधानअनुसार प्रतिनिधिसभाको आयु फागुन २० गतेसम्म हुने दाबी गरेकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकअन्तर्गत शून्य समयमा बोल्दै उनले अहिल्यै हुने भोलिसम्मको कार्यकाल असंवैधानिक हुने बताएकी हुन् ।

‘संविधानमा प्रतिनिधिसभाको अवधि पाँच वर्षको तोकिएको छ । यस प्रतिनिधिसभाको अवधि २०७९ फागुन २० गते पुग्ने भएतापनि अहिले यत्रतत्र संसदमा अन्तिम-अन्तिम भनेर अहिले प्रतिनिधिसभा विघटनको कुरा आइरहेको छ,’ उनले भनिन्, ‘यदि यसो हो भने फेरि पनि संविधानलाई मिच्ने काम भइरहेको छैन र सभामुख महोदय ? संविधान उलंघन गर्ने अधिकार कोसँग छ ? संविधानभन्दा माथि यो देशमा कोही भए हामीलाई अवगत गराइदिन सम्बन्धित निकायलाई आग्रह गर्दछु ।’


प्रतिक्रिया

One thought on “प्रतिनिधिसभाको आयु भोलि नै सकिए असंवैधानिक : सांसद हुसेन (भिडिओ)

  1. अब साँसद हुने संभावना जिरो छ । त्यसैले २-४ महिना तन्काएर खान पाईन्छ कि भनेर हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर