म्यादी प्रहरी बन्न टेकुमा आवेदन दिनेको लाइन (तस्बिरहरू) – Nepal Press

म्यादी प्रहरी बन्न टेकुमा आवेदन दिनेको लाइन (तस्बिरहरू)

काठमाडौं । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खटिने एक लाख १५ हजार म्यादी प्रहरीमा भर्ना हुन युवायुवतीको भिड लागेको छ ।

म्यादीका लागि बिहीबारदेखि दरखास्त आवेदन खुला गरिएको थियो । असोज ६ गतेसम्म आवेदन दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । बिहान १० बजेदेखि साँझ ५ बजेसम्म देशभरका सबै जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन सकिने छ ।

छनोट हुने एक लाख १५ हजार म्यादी प्रहरी ४० दिनका लागि नियुक्त हुनेछन् । असोज २५ गते अन्तिम नतिजा निकालेपछि असोज ३० बाट प्रशिक्षण सुरू गर्ने तालिका रहेको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका भूपू र स्थानीय चुनावमा म्यादी बनेकालाई प्राथमिक दिइएको छ ।

म्यादी प्रहरीले पारिश्रमिकबापत ३४ हजार ७ सय ६०, खाद्यान्नबापत ७ हजार २ सय, पोसाक र अन्य सामान खरिदबापत एकमु्ष्ट ६ हजार रूपैयाँ पाउने छन् । यस्तै यातायात खर्चबापत एक हजार रूपैयाँ र खाजा खर्चबापत चार दिनको दैनिक ३ सय रुपैयाँको दरले पाउनेछन् ।

काठमाडौं प्रहरी परिसर टेकुमा आवेदन दिनेहरूको लाइनका केही तस्बिरहरू:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *