भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको भाउ
नेपाल प्रेस
२०७९ भदौ ३१ गते १४:१८
काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट आज मूल्य घटेर आएको हो ।
नेपाल आयल निगमलाई आईओसीले घटेको मूल्यसूची पठाएको छ । आजबाट लागू गरी पठाइएको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ६.५५ रूपैया घटेको छ । निगमलाई पेट्रोल बिक्रीबाट प्रतिलिटर ८ रूपैयाँ फाइदा हुने भएको हो । भने डिजेलको प्रतिलिटर ४४ पैसा घटेर आएको हो ।
हाल निगमले पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ र डिजेल १७८ प्रतिलिटर बिक्री गरिरहेको छ ।
हाल भारतबाट पेट्रोलको मूल्य घटेर आएपनि निगमले घाटा भएकोले तत्काल मूल्य घट्ने अवस्था नभएको निगम स्रोत बताउँछ ।
प्रतिक्रिया
सम्बन्धित खवर