बयानमा पानापिच्छे चोलेन्द्रको सही : दिनभरिमा आधा पनि सकिएन – Nepal Press

बयानमा पानापिच्छे चोलेन्द्रको सही : दिनभरिमा आधा पनि सकिएन

काठमाडौं । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलन्द्रशमशेर जबरासँग बयानको लिखित प्रतिमा हस्ताक्षर लिइरहेकाे छ । आज दिनभरि कर्मचारीले बयान पढ्ने र चाेलेन्द्रले पानापिच्छे हस्ताक्षर गर्ने क्रम चल्याे ।

समितिले तयार गरेका ४३ प्रश्नको जवाफ समेटेर जबराको बयान १७४ पेजमा समेटेको छ । शुक्रबार बयानको ६५ पेजसम्म हस्ताक्षर लिइएको समितिका प्रवक्ता लक्ष्मी गौतमले जानकारी दिए । बैठकमा जबरालाई आफ्नो बयान पढेर सुनाउने र हस्ताक्षर गराउने काम भएको थियो ।

शुरुमा समिति सदस्यहरूले चोलेन्द्रलाई १७४ पेज लामो बयानको अन्त्यमा हस्ताक्षर गर्न आग्रह गरेका थिए । तर, जबराले हस्ताक्षर गर्न अस्वीकार गरेपछि बयानको प्रत्येक पृष्ठ पढेर सुनाउँदै हस्ताक्षर गराउन थालियाे । शनिबार बाँकी बयान पढ्ने र हस्ताक्षर गर्ने काम हुने प्रवक्ता गौतमले बताए ।

समितिको बैठक शनिबार बिहान ८ बजे नै बोलाइएको छ । हस्ताक्षर सम्पन्न गरेपछि जबरालाई पुरक प्रश्न सोधिने प्रवक्ता गौतमले बताए ।


प्रतिक्रिया

3 thoughts on “बयानमा पानापिच्छे चोलेन्द्रको सही : दिनभरिमा आधा पनि सकिएन

  1. ६ महिनासम्म चुईक्क नबोल्ने अनि अहिल्यै सहि गर भरे नै सहि गर भन्न लाज लाग्दैन ? ६ महिना के हेरेको ? प्रमाणित हुने आरोप नै रहेनछ अनि निलम्बन गरेर अल्झाएर राख्ने जस्तो अनैतिक काम गर्ने साँसदलाई चाहिँ महाअभियोग लगाउनु पर्ने । मिनजीको दादागिरी भाषा सुन्दा वाक्क भैसकियो । उनी नयाँ महाराज हुन कि जस्ता
    देखिए । कृपया मिडियाले उनको दादागिरी भाषा प्रसारण गर्न बन्द गर्नुपर्याे । यो महाअभियोगको सबै अनैतिक खेल अदालतलाई कब्जा गर्न रचिएको भद्दा र अनैतिक काम हो भन्ने कुरामा चाहिँ नेपाली जनता छर्लङ्ग भए ।

  2. छ महिनासम्म तिम्रा बाउ हेरेर बसेका थियौ ?हस्ताक्षर नगर राणा तिन महिनामा सक्न पर्ने काम छ महिना ?यो परमादेशी ठगबन्धनले कानुन मान्न पर्दैन ?ऐन नियम कानुन नियमावली सबै अरुलाई मात्रै लाग्छ हो ?होइन भने कानुन अनुसार यो प्रस्ताव सकिसकेको छ यो अबैध छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर