इन्धनमा मूल्यवृद्धिको विरोधमा नेविसंघले क्याम्पस अगाडि प्रदर्शन गर्दै – Nepal Press

इन्धनमा मूल्यवृद्धिको विरोधमा नेविसंघले क्याम्पस अगाडि प्रदर्शन गर्दै

काठमाडौं । इन्धनमा भएको मूल्यवृद्धिको विरोधमा आज नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रदर्शन गर्ने भएको छ ।

नेविसंघ सभापति राजीव ढुंगानाले सामाजिक सन्जालमार्फत इन्धनमा भएको मूल्यवृद्धि तथा बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा पीडितलाई न्याय दिन दबाबसहित आज बिहान ९ बजे आआफ्नो क्याम्पस अगाडि प्रदर्शन गर्न अपील गरेका छन् ।

‘जनताको चुलो निभ्ने गरी भएको मूल्यवृद्धि, कांग्रेसको सभामा भएको आक्रमण, कम्युनिस्ट सर्वसत्तावाद र ओली सरकारको सरकारी गुण्डागर्दी विरुद्ध जनआवाज बुलन्द पारौं’ उनले लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर