प्रचण्डको टिप्पणी- तेत्तिसकोटी देवता पुज्दै हिँड्नुभन्दा मान्छे पुज्दै हिँडे कति राम्रो हुने (भिडिओ) – Nepal Press

प्रचण्डको टिप्पणी- तेत्तिसकोटी देवता पुज्दै हिँड्नुभन्दा मान्छे पुज्दै हिँडे कति राम्रो हुने (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धर्मका नाममा ढुंगा पुज्दै हिँड्ने परम्परा विज्ञानसम्मत नभएको बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा आज पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्  ।

‘हामीकहाँ त अब तेत्तिस कोटी देवता हुन्छन्,’ उनले भने, ‘जतासुकै देवतालाई पूजा गर्दै हिँड्नपर्ने । मान्छेलाई लात हान्दै हिँड्ने, ढुंगालाई पुजा गर्दै हिँड्ने संस्कार छ ।’

यसो भन्दा आफूमा चुनावको डर रहेको बताउँदै धर्मलाई नकारात्मक नभनेको अध्यक्ष प्रचण्डले बताए । उनले भने, ‘मैले फेरि धर्मलाई नेगेटिभ भन्या होइन है फेरी । चुनावको बेला छ, यसो भन्यो भनेर फेरी प्रचण्डले भनेपछि घट्ला भन्ने डर पनि छ, छन त ।’

यसरी ढुंगा पुज्दै हिँड्नुभन्दा मान्छे पूज्दै हिँडे धेरै राम्रो हुने उनले बताए । ‘हामी घरैपिच्छे पूजा गरी हिड्ने मान्छेलाई पुजागरी हिँडे कति राम्रो हुन्थ्यो । गरिबहरूलाई पूजा गरी हिँडे धेरै राम्रो हुन्थ्यो नि,’ उनले भने ।

विश्व कम्युनिष्ट आन्दोलन र माक्र्सवाद विज्ञानमा आधारित भएको अध्यक्ष प्रचण्डले दाबी गरे । ‘प्रकृतिको विकास कसरी भयो ? समाजको विकास कसरी भयो ? मानिसहरूको चिन्तन/चेतनाको विकास कसरी भयो?,’ उनले भने,‘माक्र्सवादले सबभन्दा बढी अनुसन्धान गरेको, आविष्कार गरेको, खोज गरेको, साधना गरेको मेहनत गरेर पत्ता लगाएको कुरा त्यही नै हो ।’

यही कुरालाई कम्युनिष्टहरूले भौतिकवाद भनेर बुझ्ने उनले बताए । ‘हामी त्यस्लाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भनेर बुझ्छौ । त्यसैबाट नै क्रान्तिको, परिवर्तनको, स्वतन्त्रताको, मानवजातीको उन्मुक्तिको अभियान सुरू भएको हो,’ उनले भने ।


प्रतिक्रिया

One thought on “प्रचण्डको टिप्पणी- तेत्तिसकोटी देवता पुज्दै हिँड्नुभन्दा मान्छे पुज्दै हिँडे कति राम्रो हुने (भिडिओ)

  1. देवता पुज्नेले मानिसलाई पनि पुज्दछ । देवता नपुज्नेले मान्छेलाई मार्न पनि पछि पर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर