देउवालाई ओलीको जवाफ- तपाईहरुको परमादेश छताछुल्ल भइसक्यो, चुनाव प्रतिगमन होइन (भिडिओ)
काठमाडौं । प्रतिनिधि सभामा प्रमुख विपक्षी दलका नेता तथ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदले सरकार बनाउन पाउने संवैधानिक अधिकार खोसेर परमादेश जारी भएको कुरा आपसमै पोल खोलाखोल भइसकेको भन्दै प्रधानमन्त्री शेरवहादुर देउवालाई संसदबाटै जवाफ फर्काएका छन् ।
प्रतिनिधिसभाको अन्तिम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले परमादेशबाट सरकार लिनेबेला के के सेटिङ भएका थिए भन्ने पोल खुलिरहेको बताए । न्यायाधीशहरुलाई मानपदवी,अलंकार र मन्त्रिपरिषदमा भागबण्डा दिइएको भन्दै ओलीले परमादेश नांगो भइसकेको बताए ।
ओलीले भने–सरकार बनाउने जनप्रतिनिधि संस्थाको अधिकार खासेर अन्यत्र कतैबाट प्रयोग गर्नुपर्छ भन्ने संवैधानिक व्यवस्था कहाँ छ रु संविधानको उल्लंघन गराएर तपाईहरुले गराएको परमादेश अहिले त छताछुल्ल भइसक्यो नि ।
ओलीले ताजा जनादेशका लागि निर्वाचनमा जानु प्रतिगमन नहुने बताए । ‘आजबाट संसद छैन,अब चुनाव हुँदैछ के तपाईले प्रतिगमन गर्न लाग्नुभएको हो रु’ देउवालाई ओलीले प्रश्न गरे । बिदाइ सम्बोधनमा तितो बोल्न नचाहेको भन्दै ओलीले देउवाले परमादेशको कुरा गरेकाले त्यसको जवाफमात्र दिएको बताए ।