नागरिकताका विषयमा राजनीति गर्न खोजियोः ओली – Nepal Press

नागरिकताका विषयमा राजनीति गर्न खोजियोः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्धनले नागरिकता विषयमा राजनीति गर्न खोजेको आरोप लगाएका छन् ।

चालू प्रतिनिधिसभाको अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले एमालेविरुद्ध राजनीति गर्न नागरिकता विधेयक उछालिएको बताएका हुन् ।
जसमा आफ्नो नेतृत्वको सरकारका बेला ल्याइएको अध्यादेशमाथि भइरहेको टिकाटिप्पणीमाथि पनि उनले टिप्पणी गरेका छन् ।

‘संसद नभएका बेला नेपाली जनताका नागरिकताका समस्याबाट मुत्तिः दिनुपर्छए भनेर हामीले अध्यादेश ल्यायौं । मुद्दा हाल्न लाउने, हाल्ने काम भए त्यसलाई रोकियो । त्यसलाई रोक्ने कानुनी व्यवस्था थिएन,’ उनले भने,‘अहिलेको विधेयकबारे पनि हामीले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिइनेछ भनेर मात्रै संशोधन ल्याउनुस भनेर भनिरहेका थियौं । दुई लाइनमात्रै संशोधन गरेर ल्याए तत्काल उसैदिन पारित गदिन्छौं भनेर भन्दा सरकारले ल्याएन ।’

सरकारले अहिले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता एमालेले दिएन भनिरहेको उनले आरोप लगाए । ‘अध्यादेश ल्याएर कम्सेकम जन्मसिद्धका नागरिकका ४÷५ हजार छोराछोरीले नागरिकता दिएपछि मुद्दा हलाएर रोक्ने एमाले हो र रु त्यो त मुद्दा हलाउनेहरू होलान नी,’ उनले भने ।

मंसिर ४ गते जनताले सरकारलाई र गठबन्धनलाई जवाफ दिने उनले दाबी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर