एमालेले समानुपातिक उम्मेदवारको तय भोलि गर्ने – Nepal Press

एमालेले समानुपातिक उम्मेदवारको तय भोलि गर्ने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सकिएको छ । बैठकले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको उम्मेदवारहरुको नामावली भोलि तयार गर्ने निर्णय गरेको छ ।

आज साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले प्रचार विभागका उपप्रमुख पृथ्वी सुब्बा गुरुङले बैठकमा तीन वटा निर्णय भएको जानकारी दिए । महासचिव शंकर पोखरेलले निर्वाचन आयोगको निर्देशिकाअनुसार समानुपातिक उम्मेदवार छनोटका आधारहरुका बारेमा जानकारी गराएका गुरुङले बताए ।

संघीयतर्फ ११० जना र प्रदेशतर्फ २२० जना उम्मेदवारहरुको सूची बनाउन विविध मापदण्ड, समावेशितलाई ध्यान एवम् क्लस्टरलाई ध्यानमा राखेर बनाउनेबारे छलफल भएको गुरुङले बताए ।

त्यस्तै, बैठकले अछाम जिल्लामा बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति पार्टीले गहिरो दुःख व्यक्त गर्दै उद्दार तथा राहतका लागि सरकारसँग माग गरेको छ । त्यस्तै, पाकिस्तानमा आएको बाढीले पुर्याएको क्षतिप्रति पाकिस्तानी सरकार र जनताप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

बैठक पुनः भोलि बिहान ११ बजे बस्ने गुरुङले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर