प्रधानन्यायाधीश निवासमा सुरक्षाकर्मीको घेराउः गेट आर-पार गर्ने गाडीमा कडा निगरानी – Nepal Press

प्रधानन्यायाधीश निवासमा सुरक्षाकर्मीको घेराउः गेट आर-पार गर्ने गाडीमा कडा निगरानी

काठमाडौं । सर्वोच्च फर्किने तयारी गरेका ‘निलम्बित’ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई अघोषित नजरबन्दमा राख्दै सुरक्षा निकायले उनको सरकारी निवासमा कडा पहरा दिइरहेको छ । हिजो रातिबाट प्रतिनिधिसभाको कार्यकाल सकिएपछि आफूमाथिको महाअभियोग निस्क्रिय बनेको निष्कर्ष साथ राणाले आज ११ बजे सर्वोच्च जाने तयारी गरेका थिए ।

माथिको आदेशमा सुरक्षाकर्मीले राणालाई निवासमै रोक्ने गरी ‘नजरबन्द’ मा राखेका हुन् । पदबाट निलम्बित भएपनि महाअभियोगको छिनोफानो नभएकाले राणाले बालुवाटारस्थित सरकारी निवास छोडेका छैनन् । आज बिहानैदेखि उनको निवासबाहिर बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । राणालाई बाहिर निस्किन नदिने रणनीतिका साथ सुरक्षाकर्मी परिचालन गरिएको हो ।

प्रधानन्यायाधीश निवासको गेट भने आवागमनका लागि खुल्ला नै छ । गेटबाट कुनै गाडी छिर्दा बाहिर बसेका सुरक्षाकर्मीले गाडी नम्बर टिपिरहेका छन् ।

यस्तै गेटबाट निस्किएका गाडीहरूलाई भित्र राम्ररी नियालेर मात्रै बाहिर जान दिइएको छ । अरुबेला गेटको दुई साइडमा छरिएर बस्ने सुरक्षाकर्मी कुनै गाडी आउनासाथ गेट ब्लक हुने गरी छपक्कै छोपेर निकालिरहेका छन् ।

बाहिरको माहोल बुझिरहेका राणा अहिलेसम्म बाहिर निस्किन प्रयास गरेका छैनन् ।

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

3 thoughts on “प्रधानन्यायाधीश निवासमा सुरक्षाकर्मीको घेराउः गेट आर-पार गर्ने गाडीमा कडा निगरानी

  1. यो हो कानुनी राज्य ए जनता त दास भन्दा पनि तल पो हुने भए त प्रधानन्यायाधीश नजरबन्द ।

  2. नेपाल को कानुन दैबले जानुन यो कस्तो बिडम्बन हो के पारा हो यो निलम्बित भै सकेको प्रधान न्यायधीस आफै ले यो मुद्दा निस्क्रिय भयो भन्दै फेरी सर्बोच मा फर्किन कोसिस गरेको सुन्दा मलाई लाग्छ यो देश मा मै ठुला बडा भन्ने हरु को नै रहेछ यो देश कानुन सिरिप गरिब जनता दिनदुखी को मात्रै कानुन रहेछ l

  3. सरकार र बार गुण्डाहरूको अखडा भयो । जंगलीहरूले आफ्नो ओैकात देखाए । एनसेलको एजेण्ट वकिलले महाअभिय‍ोगमा एनसेलसँग कर असुल्नु गैर कानूनी भनेर निर्णय गराएर एनसेललाई ६२ अर्ब फिर्ता गराउन खोज्दैछ । खबरदार देशद्र‍ही हो ! पैसा पाए देश र सन्तान पनि बेच्नेलाई जनताले देखाउनेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर