प्रहरी इन्सपेक्टरकाे लिखित परीक्षामा २१५ जना उत्तीर्ण (सूचीसहित) – Nepal Press

प्रहरी इन्सपेक्टरकाे लिखित परीक्षामा २१५ जना उत्तीर्ण (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्सपेक्टर)को लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । २०७८ मंसिर १० गते प्रकाशित विज्ञापनका लागि २०७९ जेठ २२ देखि २४ गतेसम्म भएको परीक्षाको नतिजामा २१५ जना उत्तीर्ण भएका प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागले जनाएको छ ।

आइतबार सार्वजनिक नतिजाअनुसार खुलातर्फ ११४ जना, अमर अशक्त कोटामा १ जना, महिलातर्फ २३ जना, आदिवासी जनजातिमा ५२ जना, मधेशी कोटामा २७ जना, दलिततर्फ १८ जना र पिछडिएको क्षेत्रबाट ८ जना उत्तिर्ण​ भएका छन् ।

उत्तीर्ण परीक्षार्थीलाई असोज ९ गते प्रहरी अस्पताल महाराजगंजमा विशेष स्वास्थ्य परीक्षणका लागि उपस्थित हुन कार्यालयले प्रकाशित नतिजाको सूचनामा उल्लेख गरेको छ ।

हेर्नुस् को-को भए उत्तीर्ण ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर